• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका : इन्स्पेक्टर केसीलाई प्रदेश सरकारको सम्मान

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका : इन्स्पेक्टर केसीलाई प्रदेश सरकारको सम्मान
0
SHARES
1
VIEWS

रौतहट, १९ कात्तिक । विपद्का बेला जोखिम मोलेर नागरिकको उद्धारदेखि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश सरकारले रौतहटको मौलापुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भरत केसीलाई सम्मान गरेको छ ।

जनकपुरस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बुधबार आयोजित विशेष कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले केसीलाई गम्छा ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र निमित्त प्रदेश सचिव निशा न्यौपानेले पनि संयुक्त रूपमा प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।

सम्मानसँगै मन्त्रालयले इलाका प्रहरी कार्यालय मौलापुरको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको छ ।

विशेषगरी यस वर्ष बागमती र लालबकैया नदीमा आएको बाढी तथा विभिन्न स्थानमा भएको तटबन्ध कटानका क्रममा जोखिमपूर्ण क्षेत्रमा खटिएर स्थानीय नागरिकको जीउधन जोगाउन केसीले देखाएको सक्रियतालाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहायता परिचालनदेखि सम्भावित जोखिम न्यूनीकरणसम्म उनले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनसँगै अपराध अनुसन्धान, नागरिकको सुरक्षा र क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा समेत केसीले व्यावसायिकता र कर्तव्यनिष्ठा प्रदर्शन गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले प्रहरी सेवामा उच्च व्यावसायिकता, जिम्मेवारीबोध र समर्पणका साथ योगदान पुर्‍याएको भन्दै आगामी दिनमा पनि राष्ट्र र जनताको सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रहरी निरीक्षक तहका अधिकारीलाई प्रदेश मन्त्रालयमै बोलाएर गृह प्रशासन र प्रदेश प्रहरी नेतृत्वको संयुक्त उपस्थितिमा सम्मान गर्नुले पनि यस कार्यक्रमलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले प्रहरी निरीक्षकलाई मन्त्रालयमै यसरी सम्मान गरेको सम्भवतः पहिलो घटना भएको बताइएको छ ।

सम्मानसँगै प्राप्त मोटरसाइकलले मौलापुर क्षेत्रमा प्रहरीको गस्ती, आकस्मिक परिचालन तथा नागरिक सेवाप्रवाहमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारको यो सम्मानलाई प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारीको योगदानको कदर मात्र नभई जोखिमको समयमा नागरिकको साथमा खटिने प्रहरी संगठनलाई प्रोत्साहन गर्ने कदमका रूपमा समेत हेरिएको छ ।

Previous Post

रौतहटमा दुईवटा बसबाट दुई लाख बढीको भन्सार छलीका सामान बरामद

Next Post

अन्ततः राजकुमार हिरानीले ‘मुन्ना भाइ ३’ बनाउने, स्क्रिप्टकाे अन्तिमतिर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav