• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘रामायण’ बक्स अफिसः अग्रिम बुकिङमा १०० करोड रुपैयाँ पार

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
‘रामायण’ बक्स अफिसः अग्रिम बुकिङमा १०० करोड रुपैयाँ पार
0
SHARES
0
VIEWS

मुम्बई, १९ कात्तिक । रणवीर कपुर, यश र साई पल्लवी अभिनित चलचित्र ‘रामायण’ ले प्रदर्शन हुनुअघि नै अग्रिम बुकिङमा नयाँ कीर्तिमानहरू कायम गरिरहेको छ।

आजबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रले आफ्नो नाममा अर्को एउटा रेकर्ड थपेको छ।

चलचित्रले पाँच दिनको विस्तारित ओपनिङ विकेन्ड (सुरुआती सप्ताहन्त) का लागि अग्रिम बुकिङमार्फत १०० करोड भारुको आँकडा पार गरेको छ। हालसम्म यसका २७ लाख ६९ हजार टिकट बिक्री भइसकेका छन्, जसको मूल्य १०४ करोड ५८ लाख भारु हुन आउँछ।

प्रदर्शनको पहिलो दिन (बिहीबार) का लागि १० लाख ७५ हजार टिकट बिक्री भएका छन्, जसबाट ४१ करोड २१ लाख भारु संकलन भएको छ। शुक्रबार र शनिबारका लागि क्रमशः ५ लाख १ हजार र ५ लाख २० हजार टिकट बिक्री भएका छन्, जसको मूल्य क्रमशः १८ करोड ९३ लाख र २० करोड २९ लाख भारु छ। यस्तै, आइतबार र सोमबारका लागि क्रमशः ४ लाख १ हजार र २ लाख ७१ हजार टिकट बिक्री हुँदा १३ करोड ७६ लाख र १० करोड ३९ लाख भारु कमाइ भएको छ।

अग्रिम बुकिङ संकलनमा ३डी ढाँचा सबैभन्दा अगाडि छ, जसबाट ५८ करोड ५२ लाख भारु संकलन भएको छ। यसपछि २डी (२८ करोड ११ लाख भारु), आईम्याक्स (१३ करोड ११ लाख भारु), ४डीएक्स (२ करोड ४७ लाख भारु) र डल्बी सिनेमा (१ करोड २० लाख भारु) रहेका छन्।

महाराष्ट्र, दिल्ली र कर्नाटक व्यापारमा सबैभन्दा ठूलो योगदान दिने राज्यहरू हुन्, जसमध्ये कर्नाटक यशको गृह राज्य पनि हो।

कुल व्यापारमा सबैभन्दा ठूलो हिस्सा मूल हिन्दी संस्करणको छ, जसले ८५.३७ करोड रुपैयाँ कमाएको छ। यसपछि तेलुगु (८.५७ करोड रुपैयाँ) र कन्नड (७.८६ करोड रुपैयाँ) भाषामा डब गरिएका संस्करणहरू आउँछन्।

यो चलचित्रले १०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ (सुरुआती कमाइ) गर्ने अपेक्षा गरिएको छ। अब यसको लामो ओपनिङ सप्ताहन्तमा कुल कति कमाइ हुन्छ, त्यो हेर्नु रोचक हुनेछ।

‘दंगल’ र ‘छिछोरे’ जस्ता चलचित्रका लागि परिचित नितेश तिवारीद्वारा निर्देशित ‘रामायण’ दुई भागमा रिलिज हुनेछ। यस चलचित्रमा भगवान् रामको भूमिकामा रणवीर कपुर, माता सीताको भूमिकामा साई पल्लवी, रावणको भूमिकामा यश, लक्ष्मणको भूमिकामा रवि दुबे र भगवान् हनुमानको भूमिकामा सनी देओल रहेका छन्।


Previous Post

पत्रकार खड्काको जाहेरीपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

Next Post

भन्सारको कागजमा ९६ क्यारेट, तर ट्रकमा १४४ क्यारेट माछा, तस्करीको आशंका

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav