• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकारलाई विपक्षी दलका नेता आङ्देम्बेको प्रश्न- १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
सरकारलाई विपक्षी दलका नेता आङ्देम्बेको प्रश्न- १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?
0
SHARES
0
VIEWS

काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन हो भनेर सरकारसँग जवाफ मागेका छन् ।
‘भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महँगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो । सरकारले जवाफ दिनुपर्छ (प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो ?’ बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आङ्देम्बेले सरकारसँग माग गरेका छन् ।

सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्ने, तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताउनुले सरकार कसको निर्देशनमा चलिरहेको छ ? भनेरसमेत उनले सोधेका छन् ।

‘सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? अझ गम्भीर विषय एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले भनेका छन् ।

जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको, त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको उल्लेख गर्दै उनले सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न नभएको बताएका छन् । ‘र, अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले भनेका छन् ।


Previous Post

यस्ता छन् चिसाे माैसममा ताताे सुप खाँदा हुने फाइदा

Next Post

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav