• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जनता विपद् र महँगीले आक्रान्त हुँदा सरकारको ध्यान आईजीपी फेर्नमा केन्द्रित : आङदेम्बे

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
जनता विपद् र महँगीले आक्रान्त हुँदा सरकारको ध्यान आईजीपी फेर्नमा केन्द्रित : आङदेम्बे
0
SHARES
1
VIEWS

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताका समस्या समाधान गर्नुपर्ने समयमा सरकार प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने खेलमा लागेको आरोप लगाएका छन्। बाढीपीडित, विस्थापित सुकुम्बासी र महँगीको मारमा परेका नागरिकका समस्याप्रति सरकार गम्भीर नभएको उनको टिप्पणी छ। आईजीपी हटाउन खोज्नुको कारण, सत्तारूढ दलभित्र देखिएको विरोधाभास र प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको विषयमा उनले सरकारसँग जवाफ मागेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश विभिन्न संकटबाट गुज्रिरहेका बेला सरकारको ध्यान प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्नेतर्फ केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कार्यकालमा अझै १७ महिना बाँकी रहेका आईजीपीलाई हटाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गरेका हुन्।

भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको पीडा, विस्थापित सुकुम्बासीको अवस्था र बढ्दो महँगीले जनजीवनमा पारेको असरप्रति सरकारको ध्यान जानुपर्ने आङदेम्बेको भनाइ छ। यस्तो परिस्थितिमा प्रहरी प्रमुख परिवर्तनलाई प्राथमिकता दिनु सरकारको गलत कार्यदिशा भएको उनले टिप्पणी गरेका छन्।

‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?’ भन्दै उनले प्रहरी प्रमुखलाई हटाउन खोज्नुको आधार र कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनले यस विषयमा सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक धारणा आएको भन्दै सरकारको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्। सरकारका प्रवक्ताले पार्टीको निर्देशनअनुसार आईजीपी हटाउन लागिएको बताएको तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताले पार्टीको निर्देशन नरहेको धारणा राखेको उल्लेख गर्दै उनले सरकार कुन पक्षको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।

यसैगरी, प्रहरी अनुसन्धानका क्रममा बरामद गरिएको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन्।

अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको घरसम्म कसरी पुग्यो र त्यसमा रहेका विवरण मेटाउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले घटनाबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज जनजीवनको अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै आङदेम्बेले राज्यशक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।

889178352_1677794190691368_6318767410284437109_n

Previous Post

सिँचाइ आयोजनामा पहिलो त्रैमासिकमै २३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमा

Next Post

झापामा जग्गा माग्दै ६० हजारभन्दा बढी परिवारको निवेदन, अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा धेरै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav