• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आईजीपी मनोजकुमार केसीको निर्देशन : कामका आधारमा बढुवा र सरुवा, प्रतिशोधपूर्ण व्यवहार नगर्न चेतावनी

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
आईजीपी मनोजकुमार केसीको निर्देशन : कामका आधारमा बढुवा र सरुवा, प्रतिशोधपूर्ण व्यवहार नगर्न चेतावनी
0
SHARES
0
VIEWS

१९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै डा. मनोजकुमार केसीले प्रहरी प्रधान कार्यालय पुगेर मातहतका प्रहरी कर्मचारीलाई संगठन सञ्चालन र कार्यसम्पादनसम्बन्धी निर्देशन दिएका छन्।
नवनियुक्त आईजीपी केसीले प्रहरी संगठनभित्र कुनै पनि कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार नगरिने स्पष्ट पार्दै व्यक्तिगत विषयलाई संगठनको कामकारबाहीसँग जोड्न नहुने बताए। उनले संगठनभित्र निष्पक्षता, व्यावसायिकता र अनुशासन कायम राख्न सबै प्रहरी कर्मचारीलाई आग्रह गरे।

उनले प्रहरी कर्मचारीको बढुवा तथा सरुवा कार्यसम्पादन र क्षमताका आधारमा हुने व्यवस्था लागू गर्दै संस्थागत प्रणाली विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

केसीले वर्तमान संवेदनशील सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै प्रहरी संगठनका आन्तरिक रणनीति, कार्यसम्पादन र संवेदनशील सूचनाको गोपनीयता कायम गर्न निर्देशन दिए। अनधिकृत रूपमा सूचना चुहावट गर्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने उनको भनाइ छ।

विधिको शासन कार्यान्वयन गराउने क्रममा सबै प्रहरी कर्मचारी संगठनप्रति जिम्मेवार र पूर्ण वफादार हुनुपर्ने उल्लेख गर्दै उनले कुनै पनि प्रकारको प्रलोभन, प्रभाव वा दबाबमा नपरी नागरिकको हकहित र कानुनी राज्यको सुनिश्चितताका लागि काम गर्न निर्देशन दिए।

उनले नेपाल प्रहरीको प्रतिष्ठा, संस्थागत विकास र नागरिकको विश्वासलाई प्राथमिकतामा राखेर सबै प्रहरी कर्मचारी एकताबद्ध हुनुपर्ने बताए। विषम परिस्थितिमा सरकार र आम नागरिकको अपेक्षाअनुसार संगठनका गतिविधि अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।

बदलिँदो सामाजिक परिवेश र विकसित सुरक्षा चुनौतीअनुसार नेपाल प्रहरीलाई थप सक्षम, व्यावसायिक, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको केसीले उल्लेख गरे।

प्रहरी संगठनका चुनौती समाधान गर्न प्रहरी महानिरीक्षकको एकल प्रयास पर्याप्त नहुने भन्दै उनले प्रहरी अतिरिक्त महानिरीक्षकदेखि आधारभूत तहमा कार्यरत कर्मचारीसम्म सबैको सक्रियता, सिर्जनशीलता र जिम्मेवारीबोध आवश्यक रहेको बताए।

त्यस्तै, मुलुकको संवेदनशील सुरक्षा अवस्था, सञ्चारमाध्यम र सामाजिक सञ्जालको बढ्दो प्रभाव तथा प्रविधिजन्य जोखिमलाई मध्यनजर गर्दै प्रहरीको आन्तरिक सूचना र रणनीतिक विवरण सुरक्षित राख्न उनले विशेष जोड दिए।

केसीले प्रहरी सेवाको गुणस्तर र नागरिकसँग गरिने व्यवहारलाई संगठन सुधारको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गरे। प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारलाई थप मर्यादित, जिम्मेवार र जनउत्तरदायी बनाउनुपर्ने उनको निर्देशन छ।

उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिप्रति कानुनअनुसार कठोर रूपमा प्रस्तुत हुन तथा सर्वसाधारण नागरिकलाई भने अपेक्षाअनुसार सम्मानजनक र प्रभावकारी सेवा दिन प्रहरी कर्मचारीलाई आग्रह गरे।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरिने पनि उनले बताए। प्रहरी कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिनुका साथै कर्मचारीको कार्य वातावरण सुधार गर्न आवश्यक पहल गरिने उनको भनाइ छ।

यसैगरी, प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र पारदर्शी वृत्ति विकास प्रणालीलाई संस्थागत गर्न आवश्यक नीतिगत सुधार अघि बढाइने केसीले जानकारी दिए।

क्षमता, योग्यता र कार्यसम्पादनमा आधारित बढुवा तथा वृत्ति विकास प्रणाली स्थापना गर्न सम्बन्धित मन्त्रालय र नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् 

Previous Post

लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य

Next Post

७२ हजार रुपैयाँ घुससहित पक्राउ परेका सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दोषी ठहर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav