• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सुदन किरातीको टिप्पणी– पुरानाले घुस खाए, नयाँले देशै खाने चिन्ता बढ्यो

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
सुदन किरातीको टिप्पणी– पुरानाले घुस खाए, नयाँले देशै खाने चिन्ता बढ्यो
0
SHARES
0
VIEWS

संखुवासभा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नयाँ राजनीतिक शक्तिबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । उनले पुराना दलमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेकोमा नयाँ भनिएका शक्तिबाट देशकै भविष्य जोखिममा पर्ने चिन्ता बढेको टिप्पणी गरे ।

संखुवासभाको चिचिला गाउँपालिकामा आयोजित पार्टीको ‘हातेमालो’ कार्यक्रममा बोल्दै किरातीले भने, ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढेर गएको छ ।’

सरकारले बहुमत पाएपछि परिवर्तन र चमत्कार गर्ने दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको आरोप थियो । चुनावअघि तीनवटा फाइल खोल्नेबित्तिकै सबै जेल जाने र देशको अवस्था सुधारिने बताइए पनि ती फाइल किन नखोलिएको भन्दै उनले प्रश्न गरे ।

‘सत्ताधारी दलका साथीहरू सङ्ख्या पुगेन भन्थे, जनताले पुर्‍याइदिए । बहुमत पाएको दिन जादु गर्छौं भन्थे, जादु भएको छैन । तीनवटा फाइल खोल्दा सबै जेल जान्छ, देश चकाचक बनाइन्छ भन्थे । तर फाइल किन खोलिएन ? कसले खोल्न दिएन ? कहिलेसम्म खुल्छ ? जनताले कति धैर्य गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे ।

जनताले ठूलो समर्थन दिँदा पनि सरकारले समयमै सही निर्णय लिन नसके अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनीसमेत किरातीले दिए । ‘भिरमा जाने गाईलाई काँध थाम्न सकिँदैन’ भन्ने आशय व्यक्त गर्दै उनले सरकारलाई समयमै सचेत हुन आग्रह गरे ।

उनका अनुसार जनताको दैनिकी सङ्कटग्रस्त बन्दै गएको, लगानीकर्तामा त्रास बढेको, कर्मचारीतन्त्र अस्तव्यस्त भएको र अन्तर्राष्ट्रिय विश्वास कमजोर हुँदै गएको अवस्था सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । यसले नेपालको भू–राजनीतिक अवस्था थप जटिल बनाउन सक्ने उनको भनाइ थियो ।

श्रम संस्कृति पार्टीको ‘हातेमालो’ कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा किरातीले अन्य राजनीतिक दल परित्याग गरी पार्टीमा प्रवेश गरेका दर्जनौँ नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।

 

Previous Post

एनपिएलः जनकपुरविरुद्ध लुम्बिनी (तस्बिरहरु)

Next Post

 विनोद चौधरी आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav