काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाको सम्यक महादान मूल समारोह समितिले आगामी सम्यक महादान कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रपतिलाई निमन्त्रणापत्र हस्तान्तरण गरेकी हुन्।
निमन्त्रणा प्रदान गर्ने कार्यक्रममा बौद्ध धर्मगुरु, महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो। उनीहरू विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित राष्ट्रपति भवन पुगेका थिए।
