काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच आज शीतल निवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको थियो।
पछिल्लो समय विपक्षी दलहरूले संसद् बैठक तत्काल बोलाउन सरकारलाई दबाब दिइरहेका छन्। अर्कोतर्फ सरकारले विभिन्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइरहेको छ।
संसद् बैठक आह्वानको विषय र सरकारको अध्यादेश ल्याउने तयारीले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला राष्ट्रपति र सभामुखबीच भएको भेटलाई चासोका साथ हेरिएको छ।
