• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कुकुर तिहारमा गोल्यान फाउन्डेसनको नयाँ अभियान, सामुदायिक कुकुरको हेरचाहका लागि तीनमहिने परियोजना सुरु

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
कुकुर तिहारमा गोल्यान फाउन्डेसनको नयाँ अभियान, सामुदायिक कुकुरको हेरचाहका लागि तीनमहिने परियोजना सुरु
0
SHARES
5
VIEWS

काठमाडौं । कुकुर तिहारको अवसर पारेर गोल्यान फाउन्डेसनले सामुदायिक कुकुरको संरक्षण र हेरचाहलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेको छ। फाउन्डेसनले शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट ‘कुकुर तिहार हरेक दिन’ नामक तीनमहिने परीक्षण परियोजना सञ्चालनमा ल्याएको हो।

अभियानले कुकुरप्रतिको माया र सम्मानलाई तिहारको एक दिनमा मात्र सीमित नराखी वर्षभरि निरन्तरता दिनुपर्ने सन्देश दिएको छ। ‘एक दिनको माला होइन, हरेक दिनको माया’ भन्ने नारासहित अभियान अघि बढाइएको गोल्यान फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति गैह्रेले जानकारी दिइन्।

उनका अनुसार सामुदायिक कुकुरप्रति देखाइने सद्भावलाई चाडपर्वको अवसरमा मात्र सीमित नराखी नियमित हेरचाह र संरक्षणको अभ्यास विकास गर्नु अभियानको मुख्य उद्देश्य हो।

यस परियोजनाअन्तर्गत सामुदायिक कुकुरलाई नियमित खाना खुवाउने, आवश्यक खोप लगाउने तथा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम सञ्चालन गरिनेछ। साथै, स्थानीय समुदायका बासिन्दालाई आफ्नो वरपर रहेका कुकुरको संरक्षण र हेरचाहमा सक्रिय सहभागी गराउने लक्ष्य राखिएको गैह्रेले बताइन्।

अभियान शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न समुदायका प्रतिनिधि तथा स्वयंसेवकहरूको पनि सहभागिता थियो।

फाउन्डेसनले यस अभियानमार्फत सामुदायिक कुकुरप्रति जिम्मेवार व्यवहारको विकास गर्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र कल्याणमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

Previous Post

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Next Post

सार्वजनिक खरिदका काममा संलग्न श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav