• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पौडेलको चेतावनी– गिरफ्तारीको चर्चाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
पौडेलको चेतावनी– गिरफ्तारीको चर्चाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ
0
SHARES
5
VIEWS

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले इनम सापकोटाको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको निजी निवासमा राखिएको विषयमा गम्भीर प्रश्न उठाएका हुन्।

प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा रहनुपर्नेमा महत्त्वपूर्ण डिजिटल प्रमाण निजी निवासमा कसरी पुग्यो भन्ने उनको प्रश्न छ। उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल चलाइएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश हटाइएको भन्ने विषयमा पनि स्पष्ट जवाफ आउनुपर्ने पौडेलले बताएका छन्।

उनले मोबाइल फोन कसको निर्देशनमा र कुन कानुनी अधिकार प्रयोग गरेर निजी निवासमा पुर्‍याइयो भन्नेबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री र उनको सचिवालयको बिचौलियासँगको सम्बन्ध तथा ती व्यक्तिलाई लामो समयसम्म कसले संरक्षण गरेको थियो भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने उनको माग छ।

पौडेलले अनुसन्धानका क्रममा रहेको मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा राखिएको, प्रमाण नष्ट गरिएको वा डिजिटल सामग्रीमा छेडछाड भएको आशंका उठिरहेको अवस्थामा अनुसन्धानको दायरामा गगन थापाभन्दा कुमार बेन आउनुपर्ने तर्क गरेका छन्।

उनले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई संरक्षण गर्ने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थातर्फ पनि ध्यानाकर्षण गराएका छन्।

सभापति थापालाई पक्राउ गर्ने चर्चा सार्वजनिक भइरहेका बेला पौडेलले कुन अपराधमा र कुन कानुनी आधारमा गिरफ्तारी गर्न खोजिएको हो भन्ने प्रश्न गरेका छन्। विधिको शासनको सट्टा व्यक्तिको सनकअनुसार राज्य सञ्चालन हुन थालेको अवस्थामा के हुन्छ भन्ने अनुमान गर्न कठिन हुने उनको टिप्पणी छ।

आफूमाथि उठेका गम्भीर प्रश्नबाट जनताको ध्यान अन्यत्र मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्न खोजिएको हो कि भन्ने प्रश्न गर्दै उनले अनुसन्धानलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताएका छन्।

राज्यका निकायलाई कसैको व्यक्तिगत प्रतिशोध पूरा गर्ने साधन बनाउन नहुने उल्लेख गर्दै पौडेलले सत्ता, सरकार, प्रहरी र प्रशासनमा प्रभाव भए पनि कानुन तथा न्याय कसैको निजी सम्पत्ति नभएको बताएका छन्।

आफूहरू निष्पक्ष अनुसन्धान, तथ्य, प्रमाण र सत्यको पक्षमा रहेको उनको भनाइ छ। दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने माग गर्दै उनले यस प्रकरणको सत्यतथ्य सार्वजनिक नभएसम्म आवाज उठाइरहने बताएका छन्।

‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?’ भन्दै पौडेलले सम्बन्धित पक्षले उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।

उनले गिरफ्तारीको हल्लाले प्रश्नहरू नरोकिने र सत्ताको आडमा सत्य लुकाउन नसकिने टिप्पणी गर्दै पहिले आफूमाथि उठेका प्रश्नको जवाफ दिन चुनौती दिएका छन्।

Previous Post

विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९६ पैसा

Next Post

आफूखुसी उम्मेदवारी घोषणा गर्नेलाई रास्वपाको चेतावनी, सदस्यता खारेजसम्मको कारबाही हुने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav