• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

फरक विचार भएपनि देशप्रेम र नेपालको पहिचान साझा उद्देश्यः सविना काफ्ले

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
फरक विचार भएपनि देशप्रेम र नेपालको पहिचान साझा उद्देश्यः सविना काफ्ले
0
SHARES
2
VIEWS

प्रधानमन्त्री बालेन्द्र साहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भएपनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताएकी छन् ।

आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकताबद्ध बनाउने बताइन् । उनले नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताइन् ।

कुकुर तिहारको महत्वबारे चर्चा गर्दै काफ्लेले कुकुरको निष्ठा, प्रेम, वफादारिता र करुणालाई सम्मान गर्न यो पर्व मनाइने बताइन् । कुकुरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित नरहेको र विभिन्न समुदायका मौलिक परम्परा तथा पौराणिक कथामा समेत यसको विशेष स्थान रहेको उनले उल्लेख गरिन् ।

आफू कुकुर तिहार आयोजना गर्न प्रेरित हुनुको कारण सुनाउँदै उनले बाल्यकाल मोरङको उर्लाबारीमा बिताएको स्मरण गरिन् । जीवनका सुरुवाती १०–११ वर्ष उर्लाबारीमा बिताउँदा त्यहाँका हरेकजसो घरमा कुकुर पाल्ने चलन रहेको र कुकुर तिहारका अवसरमा सामूहिक पूजा तथा जमघट हुने गरेको उनले बताइन् ।

त्यसैगरी, श्राद्धका बेला आफ्ना हजुरबुबा र हजुरआमाले पितृहरू कुकुरको भेषमा आउने गरेको रोचक कथा सुनाउने गरेको स्मरण गर्दै उनले यस्ता सांस्कृतिक कथाले बाल्यकालदेखि नै कुकुरप्रति आफ्नो लगाव बढाएको बताइन् ।

उनले भनिन्, ‘हाम्रा व्यक्तिगत तथा राजनीतिक विचार फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हुनु र नेपालको विशिष्टता विश्वसामु चिनाउनु हो। यही साझा उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ । कुकुर तिहारका दिन हामी कुकुरको निष्ठा, प्रेम, करुणा र वफादारीको सम्मान गर्दै पूजा गर्छौं । यसको सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित छैन, विभिन्न आदिवासी तथा जनजातिका संस्कृति र पौराणिक कथामा पनि कुकुरको विशेष स्थान रहेको छ । म आफैँ मोरङको उर्लाबारीमा जन्मिएर बाल्यकाल बिताएको हुँ । त्यहाँका घरघरमा कुकुर पाल्ने, सामूहिक रूपमा पूजा गर्ने र कुकुरसँग जोडिएका सांस्कृतिक परम्पराहरूले मेरो बाल्यकालमा गहिरो प्रभाव पारे । श्राद्धका बेला पितृहरू कुकुरको भेषमा आउनुहुन्छ भन्ने हजुरबुबा–हजुरआमाले सुनाउनुभएका कथाहरूले पनि कुकुरप्रतिको मेरो आत्मीयता र लगाव बढाएको हो । यही बाल्यकालको सम्झना र कुकुरप्रतिको प्रेमले मलाई कुकुर तिहार आयोजना गर्न प्रेरित गरेको हो ।’

कुकुरप्रतिको प्रेम, सम्मान र मानवीय संवेदनालाई सांस्कृतिक पर्वसँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत उनले दिइन् ।

Previous Post

छठ पर्व मनाउन रवि लामिछाने जनकपुरधाम जाने

Next Post

कठघरामा प्रधानमन्त्रीका सल्लाहकार हुनुपर्ने, निशानामा सभापति : महामन्त्री पौडेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav