• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भ्रममाथि तथ्य र असत्यमाथि सत्यको जित होस् : निवर्तमान आईजीपी कार्की

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
भ्रममाथि तथ्य र असत्यमाथि सत्यको जित होस् : निवर्तमान आईजीपी कार्की
0
SHARES
2
VIEWS

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संस्थागत एकता, व्यावसायिक इमानदारी र जनविश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

आइतबार नेपाली नागरिक, नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारजनलाई पर्वको शुभकामना दिँदै कार्कीले तिहारले व्यक्तिगत खुसीसँगै सामाजिक सद्भाव र संस्थागत एकतालाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले साझा उद्देश्य प्राप्त गर्न सामूहिक हित, आपसी सद्भाव र संगठनभित्रको एकता आवश्यक रहेको उल्लेख गरेका छन्। भावनात्मक एकता कायम हुन सके मात्रै संस्थागत रूपमा बलियो बन्न सकिने उनको सन्देश छ।

कार्कीले अज्ञानतामाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय हुने चेतना विकास गर्नुपर्ने बताएका छन्। मनमा रहेका द्वेष, अहंकार, सङ्कीर्णता र नकारात्मक प्रवृत्ति त्यागेर विवेक, सकारात्मक सोच तथा सिर्जनशीलतालाई आत्मसात् गर्न उनले आग्रह गरेका छन्।

सार्वजनिक संस्थाको प्रतिष्ठा र गरिमा कायम राख्दै नागरिकको विश्वास बढाउन तथा राष्ट्रसेवाप्रतिको समर्पणलाई थप बलियो बनाउन तिहारले प्रेरणा दिने उनको अपेक्षा छ।

महालक्ष्मीको आशीर्वादले व्यक्तिगत र पारिवारिक जीवनमा सुख, शान्ति तथा आत्मीयता कायम होस् भन्दै उनले सामाजिक र संस्थागत क्षेत्रमा पनि जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र संगठनात्मक एकताको भावना बढोस् भन्ने कामना गरेका छन्।

जीवनलाई सात रङले रङ्गीन बनाउने र सात ऊर्जाले सिर्जनशीलता थप्ने विश्वास व्यक्त गर्दै कार्कीले सबैको हृदयमा मानवता, विवेक र सत्कर्मको ज्योति फैलियोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

यसैबीच, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरिसकेको छ। केसीले पदभारसमेत ग्रहण गरिसकेका छन्।

प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएपछि कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

Previous Post

यूएईविरुद्ध नेपाल यू-१९ टोली १५३ रनमै समेटियो

Next Post

सामुदायिक विद्यालयको जग्गा संरक्षण गर्न देशभर विवरण संकलन सुरु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav