काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश र शिवपुरी साहित्य समाजले विशेष कविगोष्ठी आयोजना गरेका छन्।
कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता, गीत, गजल तथा मुक्तक वाचन गरेका थिए। कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल र नरबहादुर बुढाथोकीले आफ्ना रचना प्रस्तुत गरे।
त्यस्तै, डा. शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत स्रष्टाहरूले पनि रचना सुनाएका थिए।
कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक प्रतिभा, नेपाली भाषा तथा साहित्यमा उनले पुर्याएको योगदान र सिर्जनात्मक विरासतबारे चर्चा गरिएको थियो।
