• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रोटरीको देशव्यापी रक्तदान अभियानबाट ५१९ पिन्ट रगत सङ्कलन

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
रोटरीको देशव्यापी रक्तदान अभियानबाट ५१९ पिन्ट रगत सङ्कलन
0
SHARES
4
VIEWS

२२ कात्तिक, काठमाडौं । रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ को आयोजनामा सञ्चालन गरिएको देशव्यापी मेगा रक्तदान अभियानबाट ५१९ पिन्ट रगत सङ्कलन भएको छ। कात्तिक २० र २१ गते दुई दिनसम्म सञ्चालन भएको अभियानमा एक हजारभन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए।

डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीका अनुसार अभियान देशका विभिन्न स्थानमा रहेका रोटरी क्लबहरूको सहभागितामा सञ्चालन गरिएको थियो।

अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमी, रोटरी क्लब अफ दाङले कौशी क्याफे तथा रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ काठमाडौं मेट्रोले संयुक्त रूपमा थापाथलीस्थित रोटरी भवनमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए।

त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं हाइट, रोटरी क्लब अफ काठमाडौं सर्कल र रोटरी क्लब अफ पशुपतिले संयुक्त रूपमा नयाँ बानेश्वरस्थित प्राइम सीए कलेजमा रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए।

उपत्यकाबाहिर पनि विभिन्न स्थानमा अभियान विस्तार गरिएको थियो। रोटरी क्लब अफ रुपन्देहीले बुटवल, रोटरी क्लब अफ कीर्तिपुरले नगाउँ दोबाटो, रोटरी क्लब अफ गोँगबु तथा रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए। त्यस्तै, रोटरी क्लब अफ धरान फुटहिल्सले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यक्रम सञ्चालन गरेको थियो।

अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत सहभागिता रहेको थियो। विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको सहकार्यले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा अघि बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।

डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनका अनुसार रक्तदानलाई सामान्य सामाजिक गतिविधिका रूपमा मात्र नभई अरूको जीवनरक्षासँग जोडिएको मानवीय सेवाका रूपमा लिनुपर्छ।

‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ भन्ने भावनालाई व्यवहारमा उतारेको डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले बताए।

Previous Post

आज लक्ष्मीपूजा : धनधान्य र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिँदै

Next Post

साइबर ब्युरोमा उपस्थित भए कांग्रेस सहमहामन्त्री शिवाकोटी, सरकारमाथि दबाब दिएको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav