• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शेख हसिनालाई स्वदेश फर्काउन भारतसँग बंगलादेशको औपचारिक आग्रह

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
शेख हसिनालाई स्वदेश फर्काउन भारतसँग बंगलादेशको औपचारिक आग्रह
0
SHARES
2
VIEWS

काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता पठाउन भारत सरकारसँग औपचारिक रूपमा आग्रह गरेको छ। बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले सुपुर्दगी सन्धिअन्तर्गत भारतसमक्ष अनुरोध गरिएको जानकारी दिएका छन्।

बीबीसी बंगलाका अनुसार आइतबार राजधानी ढाकास्थित एक होटलमा आयोजित तालिम कार्यशालाको उद्घाटनपछि पत्रकारहरूसँग कुरा गर्दै कानुनमन्त्रीले हसिनाको मामिलामा आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकिएको बताए।

उनले यस विषयमा सरकारले कानुनअनुसार नै अघि बढ्ने र कुनै पनि निर्णय गर्दा भावनालाई आधार नबनाउने स्पष्ट पारे। कानुनको कार्यान्वयन नै सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो।

भारतमा कानुनी लडाइँ लड्ने तयारीबारे पत्रकारले राखेको जिज्ञासामा असदुज्जमानले त्यो भारत सरकारको विषय भएको बताए। बंगलादेशले भने सुपुर्दगी सन्धिअनुसार हसिनालाई फिर्ता पठाउन अनुरोध गरिसकेको उनको भनाइ छ।

भारतले शेख हसिनालाई बंगलादेशको जिम्मा लगाएमा प्रचलित कानुनी प्रक्रियाअनुसार थप कारबाही अघि बढाइने पनि उनले बताए।

भारतमा हसिना बन्दीका रूपमा नभई ‘राजकीय अतिथि’का रूपमा बसिरहेको अवस्थामा उनलाई सुपुर्दगी सन्धिमार्फत कसरी फिर्ता ल्याइने भन्ने प्रश्नमा कानुनमन्त्रीले उनलाई अपराधीका रूपमा व्याख्या गरे।

गत जुलाईमा भएको जनआन्दोलन र त्यसपछि मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा आएको फैसलालाई उल्लेख गर्दै उनले बंगलादेशको न्यायाधिकरणले हसिनालाई दोषी ठहर गरी सजाय सुनाइसकेको बताए। उक्त फैसलाका आधारमा बंगलादेशका लागि उनको पहिचान सजाय पाएकी अपराधीका रूपमा रहेको उनले स्पष्ट पारे।

Previous Post

पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Next Post

तिहारको उज्यालो: परम्पराको निरन्तरतासँगै जीवनदर्शन बुझ्ने समय

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav