• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाल प्रहरीमा ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीबीच प्रतिस्पर्धा

रिजन खड्का by रिजन खड्का
२६ कार्तिक, २०८३
A A
नेपाल प्रहरीमा ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीबीच प्रतिस्पर्धा
0
SHARES
4
VIEWS

नेपाल प्रहरीमा आगामी पुस ५ गतेसम्म ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को पद रिक्त हुने भएपछि बढुवाको तयारी र प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि प्रहरी संगठनमा एआईजीको एउटा पद खाली भएको थियो। गत कात्तिक १८ गते बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले कार्कीका लागि सुरक्षा सल्लाहकारको नयाँ दरबन्दी सिर्जना गर्दै उनलाई उक्त जिम्मेवारीमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।

यसअघि तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलसँग सम्बन्धित घटनाको करिब ३० वर्षपछि सरकारले प्रहरी प्रमुखलाई कार्यकाल पूरा नहुँदै सरुवा गरेको विषयलाई सुरक्षा क्षेत्रका जानकारहरूले राजनीतिक हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

डा. केसी आईजीपी बनेपछि उनी प्रमुख रहेको अपराध अनुसन्धान विभागको नेतृत्व अहिले डीआईजी ओम रानाले सम्हालिरहेका छन्। एआईजीको नेतृत्व रहने उक्त विभाग हाल डीआईजीको जिम्मेवारीमा सञ्चालन भइरहेको छ।

यसैबीच आगामी पुस ५ गते ३० वर्षे सेवा अवधि पूरा गरेर थप पाँच एआईजी अनिवार्य अवकाशमा जाने भएका छन्। २०५३ साल पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरी नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकारीहरू सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन्।

अवकाशमा जाने एआईजीहरूमा प्रदेश समन्वय विभागका सिद्धिविक्रम शाह, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख उमा चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सुशील सिंह राठौर, कार्य विभागका हिमालयकुमार श्रेष्ठ र प्रशासन विभागका डम्बर विक रहेका छन्।

नेपाल प्रहरीमा प्राविधिकतर्फ एकसहित एआईजीका लागि कुल नौ दरबन्दी छन्। हाल एउटा पद रिक्त रहेकामा पुस ५ गते थप पाँच अधिकारी अवकाशमा गएपछि राजन अधिकारी र ईश्वर कार्की गरी दुई एआईजी मात्रै सेवामा रहनेछन्।

यसअनुसार तत्काल बढुवा प्रक्रिया अघि बढाइएमा एउटा पदका लागि मात्र प्रतिस्पर्धा हुनेछ। तर पुस ५ पछि रिक्त हुने पाँच पदसमेत जोड्दा एकैपटक छ जना एआईजी बढुवा गर्नुपर्ने अवस्था आउन सक्छ।

एआईजी बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले र विश्व अधिकारीलगायत छन्। उनीहरूभन्दा अघिल्लो ब्याचका डीआईजीहरू गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल र राजेन्द्रप्रसाद भट्ट पनि बढुवाको दौडमा छन्।

इन्स्पेक्टरको ११२औँ ब्याचका खत्री, भट्टराई, अधिकारी र खनालमध्येबाट एआईजीमा बढुवा भएमा आगामी प्रहरी नेतृत्वको सम्भावित समीकरणसमेत प्रभावित हुन सक्छ।

हालका आईजीपी डा. मनोजकुमार केसी ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ गते अनिवार्य अवकाशमा जानेछन्। त्यसैले अहिले हुने एआईजी बढुवाले भविष्यमा प्रहरी महानिरीक्षक बन्ने सम्भावित अधिकारीहरूको छनोटमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। यही कारण आगामी बढुवालाई प्रहरी संगठनभित्र चासोका साथ हेरिएको छ।

त्यस्तै, पुस ५ गते नै तीन डीआईजी पनि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जानेछन्। राष्ट्रिय अनुसन्धान विभागमा २०५३ साल पुस ५ गते भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ अवकाशमा जान लागेका हुन्।

तीन डीआईजी अवकाशमा गएपछि उनीहरूका पद पनि रिक्त हुनेछन्। छ एआईजीमा बढुवा र तीन डीआईजीको अवकाशसँगै पुस ५ पछि नेपाल प्रहरीमा नौ डीआईजी पद खाली हुने अवस्था सिर्जना हुनेछ।

 

Previous Post

रोजगारसम्बन्धी सबै कानुन एकीकृत गर्न नयाँ विधेयक ल्याउने तयारी

Next Post

सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट, एनपीएलमा नयाँ कीर्तिमान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav