• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दोलखामा मोटरसाइकल वर्कसप चोरी गर्ने युवक सामानसहित पक्राउ

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
दोलखामा मोटरसाइकल वर्कसप चोरी गर्ने युवक सामानसहित पक्राउ
0
SHARES
3
VIEWS

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा रहेको मोटरसाइकल वर्कसपबाट मोबाइल र कम्प्युटर चोरी गरेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चोरी भएका सामानसमेत बरामद गरेको छ।

पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका–६, लेप्चुङ निवासी २५ वर्षीय अनिलकुमार थापा रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक २३ गते राति करिब साढे ८ बजे भीमेश्वर नगरपालिका–४, अख्रेनीटोल डाँडागाउँस्थित डम्बर चौलागाईंको घरमा भरत साहले सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपमा चोरी भएको थियो।

लक्ष्मीपूजा गरेपछि वर्कसपको ढोका खुलै छाडेर सञ्चालक साह चरिकोट बजारतर्फ गएको मौका छोपेर थापाले पसलभित्र रहेका एक थान रेडमी मोबाइल र मोनिटरसमेत भएको कम्प्युटर सेट चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे कात्तिक २५ गते प्रहरी चौकी सातदोबाटोमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट पाँच सदस्यीय प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।

अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा भेटिएका थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरी गरेका सामान वर्कसपबाट करिब ३०० मिटर तल रहेको झाडीमा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरी भएका सबै सामान बरामद गर्नुका साथै कात्तिक २५ गते साँझ ५ बजे थापालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक किरण लोप्चनका अनुसार पक्राउ परेका थापामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Previous Post

राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

Next Post

कांग्रेसको देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ देखि, देउवाले नै उद्घाटन गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav