• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाल–भारतको सांस्कृतिक एकताको प्रतीक बन्यो महोत्तरीको दुई किलोमिटर लामो संयुक्त छठ घाट

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
नेपाल–भारतको सांस्कृतिक एकताको प्रतीक बन्यो महोत्तरीको दुई किलोमिटर लामो संयुक्त छठ घाट
0
SHARES
1
VIEWS

महोत्तरी । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लामो संयुक्त छठ घाट निर्माण गरिएको छ। सीमापारिका दुवै देशका नागरिकले एउटै स्थानमा भेला भएर छठ पर्व मनाउने भएकाले यो घाट आपसी सद्भाव र सांस्कृतिक एकताको उदाहरण बनेको छ।

मटिहानी नगरपालिकाको बिग्ही नदीको दुवै किनारमा फैलिएको उक्त घाटमा नेपाल र भारतका श्रद्धालुहरू एकसाथ छठ पर्व मनाउँछन्। नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारततर्फ मधवापुर र रामपुरका व्रतालुहरू यस संयुक्त घाटमा सहभागी हुने गरेका छन्।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार फरक देशका नागरिक भए पनि साझा भाषा, संस्कृति र धार्मिक परम्पराले दुवै पक्षलाई नजिक बनाएको छ।

उनले राष्ट्रिय सीमाले दुई देशलाई छुट्याए पनि सांस्कृतिक सम्बन्धमा कुनै दूरी नरहेको उल्लेख गर्दै एउटै घाटमा छठ मनाउने परम्परालाई आपसी सद्भावको अनुपम उदाहरणका रूपमा व्याख्या गरे।

घाट निर्माण तथा व्यवस्थापनमा लाग्ने खर्चसमेत नेपाल र भारतका नागरिकले मिलेर व्यहोर्ने गरेका छन्। यसले धार्मिक आस्थासँगै आपसी सहकार्यको भावनालाई पनि बलियो बनाएको छ।

भारतको मधुवनी जिल्लाअन्तर्गत पर्ने मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झाले पनि बिग्ही नदीको संयुक्त छठ घाटले दुवै देशको साझा सांस्कृतिक पहिचानलाई उजागर गरेको बताए।

नेपाली भाषामै कुराकानी गर्ने झाले राष्ट्रिय सीमाले नागरिकको राष्ट्रियता छुट्याए पनि भाषा, संस्कृति, परम्परा र चाडपर्व साझा रहेको धारणा व्यक्त गरे। उनका अनुसार मानवीय संवेदना र सांस्कृतिक सम्बन्धका विषयमा नेपाली र भारतीय भनेर विभाजन गर्न सकिँदैन।

पछिल्ला केही वर्षदेखि नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाले बिग्ही नदी किनारमा सँगै छठ मनाउँदै आएका छन्। यसले धार्मिक सहकार्यसँगै एकअर्काको दुःखसुखमा सहभागी हुने आत्मीय सम्बन्धसमेत विकास गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस), मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन्।

यस संयुक्त घाटमा दुवै देशका कलाकारले मिलेर सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन्। छठ पर्वले सीमावर्ती क्षेत्रका नागरिकलाई एकै ठाउँमा भेला गराउने र आपसी सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गर्दै आएको स्थानीयको भनाइ छ।

यसैबीच, चार दिनसम्म मनाइने छठ महापर्व यस वर्ष नहाय–खाय विधिबाट सुरु भएको छ। पर्वअन्तर्गत शनिबार खरना विधि गरिनेछ भने आइतबार निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारन विधिसँगै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ।


Previous Post

कफीलाई टक्कर दिँदै माचा ट्रेन्ड : के साँच्चै स्वास्थ्यका लागि फाइदाजनक छ यो हरियो पेय

Next Post

बसाइँसराइले रित्तिएको सुपिङ गाउँमा पर्यटनको चहलपहल, पुराना घर बने आकर्षक रिसोर्ट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav