• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सफलताको दौडमा बालबालिकाको बाल्यकाल नखोसौँ, अत्यधिक दबाबले बढ्दैछ मानसिक तनाव

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
सफलताको दौडमा बालबालिकाको बाल्यकाल नखोसौँ, अत्यधिक दबाबले बढ्दैछ मानसिक तनाव
0
SHARES
5
VIEWS

काठमाडौं । आफ्ना सन्तान हरेक क्षेत्रमा सफल र अब्बल बनून् भन्ने चाहना प्रायः सबै अभिभावकको हुन्छ। पढाइमा उत्कृष्ट नतिजा ल्याउनेदेखि खेलकुद, चित्रकला, संगीत र अन्य अतिरिक्त गतिविधिमा समेत बालबालिकाले राम्रो प्रदर्शन गरून् भन्ने अपेक्षा राखिन्छ। यही चाहनाका कारण कतिपय अभिभावकले बालबालिकालाई सानै उमेरदेखि विभिन्न अतिरिक्त कक्षा र तालिममा सहभागी गराउने गरेका छन्।

तर बालबालिकालाई सफल बनाउने नाममा दिइने अत्यधिक दबाबले उनीहरूको मानसिक स्वास्थ्य र स्वाभाविक बाल्यकालमा नकारात्मक असर पार्न सक्छ।

आजका बालबालिकाको दैनिक जीवन निकै व्यस्त बन्दै गएको छ। बिहान विद्यालय जाने, फर्किएपछि ट्युसन पढ्ने र त्यसपछि संगीत, नृत्य, खेलकुद वा अन्य अतिरिक्त कक्षामा सहभागी हुने दिनचर्या सामान्यजस्तै हुन थालेको छ।

विशेषगरी ८ देखि १० वर्ष उमेरका बालबालिकासमेत दिनभरि निश्चित तालिकाअनुसार चल्न बाध्य भइरहेका छन्। उनीहरूको दिनचर्यामा खेल्ने, रमाउने र आफूलाई मन लागेको काम गर्ने समयसमेत कम हुँदै गएको छ।

अभिभावकको उद्देश्य सन्तानलाई भविष्यको प्रतिस्पर्धाका लागि तयार पार्नु भए पनि यस क्रममा बालबालिकाको उमेर, रुचि र मानसिक क्षमतालाई पर्याप्त ध्यान नदिइएको हुन सक्छ।

बालबालिका कुनै मेसिन होइनन्, जसलाई निरन्तर काममा लगाउन सकियोस्। उनीहरूको व्यक्तित्व विकासका लागि माया, उचित मार्गदर्शन, पर्याप्त समय र तनावमुक्त वातावरण आवश्यक हुन्छ।

उमेर र क्षमताअनुसार अपेक्षा राखौँ

बालबालिकाबाट राम्रो प्रदर्शनको अपेक्षा राख्नु स्वाभाविक हो। तर उनीहरूको भविष्य राम्रो बनाउने नाममा वर्तमानको खुसी र स्वतन्त्रता खोस्नु उचित हुँदैन।

अत्यधिक प्रतिस्पर्धा र अपेक्षाका कारण बालबालिकाले सानै उमेरमा मानसिक थकान, असुरक्षा र तनाव महसुस गर्न सक्छन्।

त्यसैले अभिभावकले आफ्ना सन्तानको उमेर, बौद्धिक क्षमता, रुचि र व्यक्तिगत स्वभावअनुसार अपेक्षा राख्नुपर्छ। सबै बालबालिकाको सिक्ने क्षमता र प्रतिभा समान हुँदैन। कसैलाई पढाइमा रुचि हुन सक्छ भने कसैको क्षमता खेलकुद, संगीत, चित्रकला वा अन्य सिर्जनात्मक क्षेत्रमा देखिन सक्छ।

बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र प्रोत्साहन दिनु अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो। तर अरूसँग तुलना गर्ने, सधैँ उत्कृष्ट नतिजाको अपेक्षा राख्ने र असफल हुँदा गाली गर्ने व्यवहारले उनीहरूको आत्मविश्वास कमजोर बनाउन सक्छ।

सन्तानको भविष्य सुरक्षित बनाउने चिन्तामा उनीहरूको वर्तमान बाल्यकाल नै खोसिने अवस्था आउन दिनु हुँदैन।

बालबालिका तनावमा रहेको कसरी चिन्ने ?

बालबालिकाले आफू तनावमा रहेको कुरा सधैँ स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन्। उनीहरूको व्यवहार, निद्रा र शारीरिक अवस्थाबाट पनि मानसिक तनावका संकेत देखिन सक्छन्।

बालबालिकामा निम्न व्यवहार देखिएमा अभिभावकले ध्यान दिनु आवश्यक हुन्छ :

  • सानातिना कुरामा झर्किने, रिसाउने, चिच्याउने वा अनावश्यक जिद्दी गर्ने।

  • नयाँ कक्षा वा तालिममा जानुअघि विभिन्न बहाना बनाउने र जान आनाकानी गर्ने।

  • स्वास्थ्य परीक्षणमा विशेष समस्या नदेखिए पनि पटक–पटक टाउको वा पेट दुखेको गुनासो गर्ने।

  • राति निदाउन कठिन हुने, निद्रामा झस्किने वा बिहान उठ्दा पनि थकित महसुस गर्ने।

  • आफ्नो प्रदर्शन राम्रो नभए के होला भन्ने डर र चिन्तामा रहने।

  • हार्ने वा अरूभन्दा पछाडि पर्ने सोचले आत्तिने।

  • आफूले कुनै काम गर्न नसक्ने भन्दै निरन्तर निराशा व्यक्त गर्ने।

यस्ता संकेत देखिएमा बालबालिकालाई गाली गर्ने वा जबर्जस्ती गतिविधिमा सहभागी गराउनुको सट्टा उनीहरूको समस्या बुझ्ने प्रयास गर्नुपर्छ। समस्या निरन्तर देखिएमा आवश्यकताअनुसार बालमनोविज्ञ वा स्वास्थ्यकर्मीसँग परामर्श लिनु उचित हुन्छ।

यसरी फर्काउन सकिन्छ बाल्यकालको खुसी

बालबालिकालाई अनुशासित र जिम्मेवार बनाउनु आवश्यक भए पनि उनीहरूको जीवनमा स्वतन्त्रता, खेलकुद र मनोरञ्जनका लागि पर्याप्त समय छुट्याउनुपर्छ।

यसका लागि अभिभावकले केही कुरामा विशेष ध्यान दिन सक्छन् :

– खाली समयको व्यवस्था गर्ने : बालबालिकाको दैनिक तालिकामा कम्तीमा एकदेखि दुई घण्टासम्म आफूलाई मन लागेको काम गर्ने वा स्वतन्त्र रूपमा समय बिताउने अवसर दिनुपर्छ।

– अनावश्यक कक्षा घटाउने : सातै दिन कुनै न कुनै अतिरिक्त कक्षामा व्यस्त राख्ने बानी हटाउनुपर्छ। बालबालिकाको रुचि र आवश्यकताअनुसार मात्रै अतिरिक्त गतिविधि छनोट गर्नुपर्छ।

– खेलकुद र आरामलाई प्राथमिकता दिने : खेल्नु, रमाउनु र पर्याप्त आराम गर्नु पनि बालबालिकाको स्वस्थ विकासका लागि उत्तिकै महत्वपूर्ण हुन्छ।

– दैनिक कुराकानी गर्ने : उनीहरूसँग दिनभरिका अनुभवबारे कुरा गर्नुपर्छ। ‘आज तिमीलाई सबैभन्दा रमाइलो के कुरामा लाग्यो ?’ जस्ता प्रश्नले उनीहरूको भावना बुझ्न सहयोग गर्छ।

– नतिजाभन्दा प्रयासको प्रशंसा गर्ने : राम्रो नतिजा ल्याउँदा मात्र होइन, मेहनत गर्दा र नयाँ कुरा सिक्ने प्रयास गर्दा पनि प्रशंसा गर्नुपर्छ।

– माया र सुरक्षाको अनुभूति गराउने : परीक्षामा कम अंक आए पनि वा कुनै प्रतिस्पर्धामा हार बेहोरे पनि अभिभावकको माया र साथमा कमी हुँदैन भन्ने विश्वास दिलाउनुपर्छ।

बालबालिकाको जीवन केवल पढाइ, परीक्षा र प्रतिस्पर्धामा सीमित हुनु हुँदैन। उनीहरूलाई गल्ती गर्ने, नयाँ कुरा सिक्ने, खेल्ने र आफ्नै रुचिअनुसार अघि बढ्ने अवसर दिनुपर्छ।

अन्ततः सफल बालबालिका बनाउने होडभन्दा खुसी, आत्मविश्वासी र मानसिक रूपमा स्वस्थ बालबालिका हुर्काउनु महत्वपूर्ण छ। किनकि बाल्यकाल जीवनमा एकपटक मात्रै आउँछ, त्यसलाई प्रतिस्पर्धाको बोझले होइन, माया, स्वतन्त्रता र रमाइलो वातावरणले भरिपूर्ण बनाउनुपर्छ।


Previous Post

नेपाली उत्पादनको भारतीय बजार पहुँच सहज बनाउन मन्त्री साह र गोयलबीच छलफल, नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला खोल्ने प्रस्ताव

Next Post

बाढीपहिरो पीडितको पुनर्स्थापनामा ढिलाइ भएको भन्दै सांसद केसीको सरकारप्रति आक्रोश

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav