• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

स्पेनस्थित नेपाली दूतावासलाई परिणाममुखी र सक्रिय बनाउने प्रश्तावित राजदुत प्राप्ति शेरचनको प्रतिवद्धता

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
स्पेनस्थित नेपाली दूतावासलाई परिणाममुखी र सक्रिय बनाउने प्रश्तावित राजदुत प्राप्ति शेरचनको प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गर्दै उनले दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक कूटनीति र श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पारेकी छन्। प्रस्तावित राजदूत शेरचनले स्पेन पुगेर स्थलगत वस्तुस्थितिको गहिरो अध्ययन गरी परराष्ट्र मन्त्रालयको मार्गदर्शनमा बलियो रणनीतिक योजना निर्माण गर्ने बताइन्।

परम्परागत कूटनीतिक औपचारिकतामा मात्र सीमित नभई नेपालको आर्थिक विकास र सम्भावनाको खोजीमा दूतावासलाई जोड्ने उनको योजना छ। शेरचनले आफ्नो भावी कार्ययोजनालाई चार मुख्य स्तम्भमा वर्गीकरण गरेकी छन्। जसमा आर्थिक, व्यापार तथा जलवायु कूटनीति पहिलो, कन्सुलर सेवा तथा श्रम कल्याण दोस्रो, पर्यटन र सांस्कृतिक कूटनीति तेस्रो तथा द्विपक्षीय एवं संस्थागत सम्बन्ध सुदृढीकरण चौथो स्तम्भ रहेका छन्।

यसका अतिरिक्त स्पेनको नीतिगत विशेषतालाई ध्यानमा राख्दै ‘फेमिनिस्ट डिप्लोमेसी’ (नारी समानतामुखी कूटनीति) लाई सबै क्षेत्रमा क्रस–कटिङ पिलरका रूपमा अगाडि बढाउने उनले बताइन्।

स्पेन युरोपेली संघको चौथो ठूलो अर्थतन्त्र हुनुका साथै नवीकरणीय ऊर्जा, जल व्यवस्थापन, पूर्वाधार र दिगो पर्यटनमा अग्रणी रहेको चर्चा गर्दै शेरचनले नेपालले त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने उल्लेख गरिन्। स्पेनमा ५० वटा विश्व सम्पदा सूचीकृत स्थल रहेको र त्यहाँ संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएन टुरिजम) को मुख्यालयसमेत रहेकाले नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्यको ठूलो सम्भावना रहेको उनको विश्लेषण छ।

यसैगरी, स्पेन दूतावासअन्तर्गत सहप्रमाणीकरण हुने युरोपेली मुलुक माल्टामा कार्यरत नेपाली आप्रवासी श्रमिकहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकतामा राखिने उनले बताइन्।

युरोपेली संघको व्यापार सुविधा ‘एभ्रिथिङ बट आम्र्स’ (ईबीए) बाट नेपाल जीएसपी प्लस फ्रेमवर्कमा स्तरोन्नति हुने प्रक्रियामा रहेकाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का मापदण्ड र अभिसन्धिहरूको पूर्ण परिपालना सुनिश्चित गर्दै शून्य भन्सार सुविधा जोगाउन कूटनीतिक सहजीकरण गर्ने उनले स्पष्ट पारिन्।

 

Previous Post

हवाई यात्रा गर्दा पावर बैंक बाेक्न भारतले लगायाे राेक

Next Post

स्पेनमा नेपाली श्रमिकको अवस्था गम्भीर, प्रभावकारी कुटनीतिक संयन्त्र बनाउन सांसद वर्षमान पुनको जोड

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In