• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न, दसैँपछि दोस्रो सेड्युल

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न, दसैँपछि दोस्रो सेड्युल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन पूरा भएको छ। असोज २ गते काभ्रेपलाञ्चोकको धुलिखेलबाट सुरु भएको फिल्मको पहिलो सेड्युलको काम सम्पन्न भएको हो।

पहिलो चरणको छायांकन अवधिभर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भएर दृश्यहरूको अवलोकन गरेका थिए। उनले छायांकन भइरहेका प्रत्येक दृश्य नियालेका थिए भने आवश्यक सुझावसमेत दिएका थिए।

निर्देशक मिलन चाम्सका अनुसार आफ्नो जीवनमा आधारित फिल्मको छायांकन हेर्दा श्रेष्ठ भावुक भएका थिए। कथाका वास्तविक पात्र नै सेटमा उपस्थित हुँदा छायांकनको काम थप सहज भएको अनुभव पनि उनले सुनाए।

निर्देशक चाम्सले फिल्मको दोस्रो चरणको छायांकन दसैँलगत्तै सुरु हुने जानकारी दिएका छन्।

‘म मदनकृष्ण’ मा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन्। फिल्मको शीर्ष भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन्। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निभाउनेछिन्।

त्यस्तै, अभिनेता अरुण क्षेत्रीले हरिवंश आचार्यको भूमिका निर्वाह गर्नेछन् भने अभिनेत्री वर्षा राउत हरिवंशकी श्रीमतीको भूमिकामा देखिनेछिन्।

मदनकृष्ण श्रेष्ठको जीवनका सुखदुःख, संघर्ष र विभिन्न उतारचढावलाई पर्दामा उतार्ने उद्देश्यले यो बायोपिक निर्माण भइरहेको छ। फिल्मको निर्देशन मिलन चाम्सले गरिरहेका छन् भने कथा तथा पटकथा यम थापाले तयार पारेका हुन्।

फिल्म आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ। यसमा मदनकृष्णको बाल्यकाल, जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहलगायत जीवनका महत्त्वपूर्ण पक्ष समेटिनेछन्।

फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठीसहित राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ पनि फिल्ममा देखिनेछन्।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको बायोपिक ‘मदनकृष्ण’ का निर्माता राजकुमार श्रेष्ठ हुन्। फिल्मको छायांकन निर्देशन (डीओपी) पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) ले गरेका छन्। मिलन श्रेष्ठ सम्पादनमा, अलिश कार्की पृष्ठभूमि संगीतमा र भरत कँडेल ध्वनि डिजाइनमा संलग्न छन्।

फिल्मको वितरण काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्टले गर्नेछ भने उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ।

Previous Post

मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको कार्ययोजनाः ‘श्रमिकमैत्री दुतावास र डिजिटल सेवा प्राथमिकता’

Next Post

मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In