• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

काेराेला नाकामै राेकिए सयौं इभी

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
काेराेला नाकामै राेकिए सयौं इभी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २८ असोज । गत असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्।

यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन गन्तव्यमा पुर्‍याउन नसकी मुस्ताङमा राखिएका छन्।

शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। सडक पूर्ण रूपमा सहज नभएकाले ती सवारीसाधन गन्तव्यमा पुर्‍याउन नसकी मुस्ताङमै रोकिएका हुन्।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन पार्किङ गरी राखिएका छन्।

कोरलास्थित बीओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका २ हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी पार्किङमा रहेका छन्।

त्यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झारिएका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बीवाईडी कम्पनीको खरिदकर्ता साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए। उनका अनुसार भारी वर्षाका कारण सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बीवाईडी कम्पनीका विभिन्न मोडलका २ हजारभन्दा बढी गाडी मुस्ताङमा रोकिएका छन्।

कोरलानाकाबाट भित्रिएका विद्युतीय गाडी गन्तव्यतर्फ पठाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको बताए। जोमसोम बसपार्क र जोमसोमस्थित भन्सार कार्यालयको पार्किङस्थलमा भित्रिएका गाडी राखिएको उनले उल्लेख गरे।

असोज ११ गतेअघि बीवाईडी कम्पनीका करिब ४५० वटा गाडी गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडकको असहजताका कारण गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए। साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब ३ हजारभन्दा बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनले बताए।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। यसैगरी, जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले बताए।

 

Previous Post

बूढानीलकण्ठमा बरामद साढे २१ किलो सुन विमानस्थलबाटै आएको प्रहरीको आशंका

Next Post

नेपाल–भारत उडानमा पावर बैंक लैजान प्रतिबन्ध

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In