काठमाडौं, २८ असोज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ।
यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत बालेनको भारत भ्रमणबारे छलफल भएको छ।
भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना भारतीय समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गरेका छन्।
मंगलबार सम्पन्न बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबीच भेटवार्ता भएको थियो। भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ।
