• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

वर्गीय विभेद घटे पनि जातीय असमानता कायमैः पूर्वअर्थमन्त्री खतिवडा

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
वर्गीय विभेद घटे पनि जातीय असमानता कायमैः पूर्वअर्थमन्त्री खतिवडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्ग संरचना हेर्दा जातीय तथा लैङ्गिक विभेदलाई समेत हेर्नुपर्ने बताउँदै अझै पनि त्यस्ता अवशेष रहेको बताएका हुन्। उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित भइरहेको र नयाँ वर्गको उदय भइरहेको पनि बताए। जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यीबीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवैलाई आधार बनाउनुपर्ने उनको भनाइ थियो।

खतिवडाले राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम रहेको बताए। उनका अनुसार राजनीतिक दलहरूको वर्गीय पक्षधरता पनि स्पष्ट हुन सकेको छैन।

आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति, प्राविधिक ज्ञान, सीप तथा अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधारका रूपमा विकसित हुँदै गएको बताउँदै उनले बदलिँदो अर्थतन्त्रअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको अध्ययन गर्नुपर्नेमा जोड दिए।

खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। कृषि क्षेत्रको मौद्रीकरण र व्यावसायीकरण अझै पूर्ण हुन सकेको छैन। कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै रहेको उनको भनाइ थियो।

खतिवडाले भने, ‘नेपाली समाजको विकासक्रमसँगै वर्ग संरचनामा निरन्तर परिवर्तन भइरहेको छ। राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रममा मार्क्सवादी विश्लेषणअनुसार परम्परागत वर्गहरू रूपान्तरित हुँदै गएका छन् भने नयाँ वर्गको समेत उदय भइरहेको छ। नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्दा लामो समयदेखि कायम जातीय तथा लैङ्गिक विभेदलाई पनि समेट्नुपर्ने देखिन्छ। जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यीबीच प्रत्यक्ष सम्बन्ध रहेकाले समाजको अध्ययनमा दुवै पक्षलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ।

पछिल्लो समय राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्ति बढेको विश्लेषण गरिएको छ। यसले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुँदै जाने जोखिम बढाएको छ। साथै, जातीय आरक्षणका विद्यमान विधि तथा समाजलाई वैज्ञानिकभन्दा परम्परागत दृष्टिकोणबाट व्याख्या गर्ने प्रवृत्तिले नेपालको राजनीतिमा समस्या बढाएको र राजनीतिक दलहरूको वर्गीय पक्षधरता स्पष्ट हुन नसकेको उल्लेख गरिएको छ।

आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति शक्तिशाली, उत्पादक तथा उच्च प्रतिफल दिने सम्पत्तिका रूपमा स्थापित हुँदै गएको छ। त्यसैले नयाँ अर्थतन्त्रको स्वरूपअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण गर्दा भौतिक सम्पत्तिसँगै बौद्धिक तथा प्राविधिक ज्ञान, सीप र अन्वेषणबाट आर्जित सम्पत्तिलाई पनि महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने देखिएको छ।

वर्गीकरणअनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन्। अल्पविकसित मुलुकहरूको अवस्थासँग तुलना गर्दा पनि यो वर्गीकरण समान देखिएको विश्लेषण छ। कृषि क्षेत्रमा केही परिवर्तन आए पनि यसको मौद्रीकरण र व्यावसायीकरण पूर्ण रूपमा हुन सकेको छैन। कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै छ।

नेपाली समाजमा अपवादबाहेक कथित उच्च जातको राजनीतिक, आर्थिक तथा सामाजिक हैसियत कथित तल्लो जातको तुलनामा माथि रहेको विश्लेषण गरिएको छ। आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम छन्। कतिपय अवस्थामा जातीय आधारलाई समेत समेटेर वर्ग विश्लेषण गर्दा नेपाली समाजको वास्तविक अवस्था बुझ्न सहज हुने देखिन्छ।

सामन्तवादको अन्त्य हुँदै पुँजीवादले आकार लिइरहेको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेका छन्। मध्यम वर्गको विस्तार भइरहे पनि यो वर्ग अझै निम्नमध्यम वर्गको दायराबाट उल्लेख्य रूपमा माथि उठ्न नसकेको विश्लेषण गरिएको छ।’

उनले आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम रहनु दुःखद रहेको बताए। खतिवडाका अनुसार सामन्तवादको अन्त्य र पुँजीवादको विकासबीचको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेका छन्। मध्यम वर्गको विस्तार भए पनि त्यसलाई अपेक्षित रूपमा माथि उठाउने योजनाहरू बनाउन जरुरी रहेको उनको भनाइ थियो।

 

Previous Post

उत्पादन, दिगो रोजगारी र जीवनस्तर सुधार नै समृद्धिको मूल आधारः केपी शर्मा ओली

Next Post

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000