• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

असोजमा करिब ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पनि पुनः सुरु

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
असोजमा करिब ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको आपूर्ति पनि पुनः सुरु
0
SHARES
0
VIEWS

नेपालले चालु आर्थिक वर्ष २०८३–८४ को असोज महिनामा भारतमा करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यस अवधिमा भारततर्फ विद्युत निर्यातबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको हो। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि निर्यात कारोबार रकममा वृद्धि भएको छ। यसैबीच, बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यातसमेत पुनः सञ्चालनमा आएको छ।

प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत बिक्री गरिएको छ। उक्त परिमाणको विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी भएको हो।

नेपालले भारतमा विद्युत बिक्री गर्न दुईवटा माध्यम प्रयोग गर्दै आएको छ। द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा विद्युत आपूर्ति गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धात्मक मूल्यमा बिक्री गरिन्छ।

वर्षायाममा आन्तरिक खपतभन्दा बढी उत्पादन हुने विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने गरिएको छ। मध्यकालीन द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहारमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री हुँदै आएको छ।

गत वर्ष र भदौको तुलनामा निर्यात आम्दानी बढ्यो

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आर्थिक वर्षको भदौ महिनामा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको विद्युत बिक्री भएको थियो।

यी तथ्याङ्कअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात आम्दानी ९६ करोड २० लाख रुपैयाँले बढेको छ। भदौको तुलनामा पनि ८३ करोड २५ लाख रुपैयाँको वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि अनुमति पाएका केही जलविद्युत आयोजनाको उत्पादन रोकिए पनि असोजमा विद्युत बिक्रीबाट प्राप्त आम्दानी बढेको बताए। उनका अनुसार भारततर्फ निर्यात गरिएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री गरिएको थियो भने बाँकी परिमाण ऊर्जा विनिमय बजारमार्फत कारोबार गरिएको थियो।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात फेरि सुरु

भारतको प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएको थियो। यी आयोजनाबाट उत्पादित विद्युत बंगलादेशमा निर्यात गर्न स्वीकृति दिइएको थियो। आयोजनामा क्षति पुगेपछि विद्युत आपूर्ति रोकिएको थियो। बाढीले अन्य आयोजनाको उत्पादनमा समेत असर पारेकाले हरियाणातर्फको निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले वैकल्पिक जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशमा पठाउन अनुमति दिएपछि निर्यात पुनः सुरु भएको श्रेष्ठले बताए। उनका अनुसार प्रभावित आयोजनाको अवस्थाका बाबजुद अन्य केन्द्रबाट विद्युत बिक्री जारी राख्न सक्नु र बंगलादेशतर्फको आपूर्ति पुनः सञ्चालन हुनु नेपालको ऊर्जा व्यापारका लागि सकारात्मक उपलब्धि हो।

यसले वर्षायाममा बढी उत्पादन हुने विद्युतको बजार व्यवस्थापन गर्न र छिमेकी मुलुकसँगको क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

नयाँ व्यवस्थाअन्तर्गत त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी आयोजनाबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यमा निर्यात गर्न स्वीकृति दिइएको छ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते पाँच वर्षका लागि विद्युत निर्यात सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा आपूर्ति गरिँदै आएको छ।

विद्युत निर्यातको स्वीकृत क्षमता १,१७९ मेगावाट पुग्यो

नेपालले भारततर्फ विद्युत निर्यात गर्ने क्षमतामा पनि वृद्धि गरेको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात गर्न अनुमति प्राप्त भएको छ।

नयाँ स्वीकृतिसँगै भारततर्फ विद्युत निर्यातका लागि अनुमति पाएको कुल क्षमता करिब १,१७९ मेगावाट पुगेको छ। यसले नेपालको अतिरिक्त विद्युतलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Previous Post

बलिउडका ५०० भन्दा बढी फिल्मसँग सम्बन्धित दस्तावेज इन्टरनेटमा लिक

Next Post

२४ घण्टामा ४७० सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav