• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भदौ, २०८३
A A
रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
0
SHARES
0
VIEWS

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ ।

फेला परेका शवहरूमध्ये केही मानव अङ्ग मात्र रहेको र पहिचान हुन नसकेका शवहरूलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म २ सय ६७ जना घाइते भएकोमा १ सय ५६ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा ६ वटा विशेष सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।

विपद्का कारण अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका ८ सय ६५ जना, नुवाकोटका १ हजार ५ सय ५८ जना, जलविद्युत आयोजनाका ९ सय ३३ जना र ५ सय ९२ जना विदेशी नागरिक रहेका छन् ।

साथै, सुरक्षा निकायका ८३ जना ९सेना, प्रहरी र सशस्त्र० र भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरू समेत सम्पर्कविहीनको सूचीमा छन् ।

खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हालसम्म नेपाल प्रहरी ७ हजार ८ सय ९४, नेपाली सेना ८ हजार ७ सय २२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ गरी कुल २० हजार ८ सय १९ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् ।

सेनाको हेलिकप्टरमार्फत हालसम्म ४ सय ११ पटक उडान भई १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ३ सय ४४ नेपाली र २ सय ५२ विदेशी नागरिक रहेका छन् ।

राहत वितरण कार्यलाई पनि तिब्रता दिइएको छ । सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै प्रभावित १५ वटा पालिकाहरूलाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
स्थल तथा हवाई मार्गबाट राहत सामग्री ढुवानी भइरहेको छ ।

हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भदौ १४ गते मात्रै रसुवाका लागि ५ वटा पोर्टेबल जेनेरेटर, औषधि र स्वास्थ्य सामग्री पठाइएको छ भने नुवाकोटमा १६ वटा सवारीसाधन र हेलिकप्टरमार्फत राहत परिचालन गरिएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पर्याप्त रहेको जानकारी दिएको छ । हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात छ ।–न्युज एजेन्सी नेपाल

 

Previous Post

वाग्मती प्रदेशले विपद् प्रभावित चार जिल्लालाई ३ करोड राहत दिने

Next Post

‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav