• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिड्नीमा नोभेम्बर ७ मा नेपाल फेस्टिभल, पर्यटन र संस्कृतिको प्रचारमा जोड

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
सिड्नीमा नोभेम्बर ७ मा नेपाल फेस्टिभल, पर्यटन र संस्कृतिको प्रचारमा जोड
0
SHARES
0
VIEWS

सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ। आगामी नोभेम्बर ७ मा सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा महोत्सव सञ्चालन गरिने आयोजकले बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य परिषद्ले आयोजना गर्न लागेको यस वर्षको महोत्सवमा नेपालको पर्यटन प्रवर्द्धन र पुनर्निर्माणसम्बन्धी विषयलाई प्राथमिकता दिइनेछ।

एनआरएनए न्यु साउथ वेल्स राज्य परिषद्की संयोजक उषा बरिया पोखरेलले यसपटकको कार्यक्रम नेपाली संस्कृति प्रस्तुत गर्ने उत्सवमा मात्र सीमित नरहने बताइन्। उनका अनुसार नेपालको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र पर्यटनका सम्भावनालाई अस्ट्रेलियाली समुदायमाझ परिचित गराउने लक्ष्यसमेत राखिएको छ।

नेपाली कलाकारको सांगीतिक प्रस्तुति रहने

महोत्सवमा नेपालबाट सहभागी हुने कलाकार प्रकाश सपूत, रचना रिमाल र सञ्जीव सिंहले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। नेपाली गीतसंगीतसँगै परम्परागत नृत्य, भेषभूषा र विभिन्न नेपाली परिकार पनि महोत्सवका आकर्षण बन्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रममा अस्ट्रेलियाका राजनीतिक तथा कूटनीतिक प्रतिनिधि, सामुदायिक अगुवा, व्यवसायी र नेपाली समुदायका सदस्यहरूको सहभागिता रहनेछ।

नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने प्रयास

नेपाल फेस्टिभलले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई एकै ठाउँमा भेला गराउनुका साथै विदेशमा जन्मिएका र हुर्किएका बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी दिने अवसर प्रदान गर्दै आएको पोखरेलले बताइन्।

विशेषगरी नयाँ पुस्तामा नेपाली पहिचानप्रतिको अपनत्व बढाउने र पुर्खाको देशसँग भावनात्मक सम्बन्ध कायम राख्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको आयोजकको भनाइ छ।

महोत्सवमार्फत नेपालको हिमाली भूगोल, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाबारे विदेशी समुदायलाई जानकारी गराउन सकिने आयोजकले अपेक्षा गरेका छन्। यसले नेपालप्रति पर्यटकको चासो बढाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन सक्ने विश्वास लिइएको छ।

सन् २००६ देखि निरन्तर आयोजना हुँदै

नेपाल फेस्टिभलको सुरुवात सन् २००६ मा सिड्नीबाट भएको थियो। त्यसयता प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यो महोत्सव अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा समेत विस्तार भएको छ।

यसपटकको सिड्नी संस्करणलाई महोत्सवको ११औँ शृङ्खलाका रूपमा आयोजना गर्न लागिएको आयोजकले बताएका छन्। नेपाली संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने तथा प्रवासी नेपाली समुदायबीच सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।

Previous Post

सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगरसहित बाराका युवक पक्राउ

Next Post

नपीएलको पुरस्कार सार्वजनिक, च्याम्पियन टोलीले १ करोड ५० लाख पाउने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav