• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ज्ञवालीको वाग्लेलाई प्रश्न : नेपालमा कहिल्यै थियो र ‘भारतविरोधी राष्ट्रवादको युग’?

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
ज्ञवालीको वाग्लेलाई प्रश्न : नेपालमा कहिल्यै थियो र ‘भारतविरोधी राष्ट्रवादको युग’?
0
SHARES
0
VIEWS

ज्ञवालीको वाग्लेलाई प्रश्न : नेपालमा कहिल्यै थियो र ‘भारतविरोधी राष्ट्रवादको युग’?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। उनले नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको स्पष्ट पारेका छन्।

नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको समय समाप्त भएको बताएका थिए। उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ज्ञवालीले वाग्लेलाई कुन युगको कुरा गरेको भन्दै प्रश्न गरेका हुन्।

ज्ञवालीका अनुसार विदेशी भूमिमा सरकारी पदमा रहेका व्यक्तिले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे टिप्पणी गर्नु कूटनीतिक मर्यादाअनुकूल हुँदैन। उनले वाग्लेको भनाइलाई नेपालको राष्ट्रिय स्वाभिमान र हितसँग जोडेर आलोचना गरेका छन्।

ज्ञवालीले नेपालले भारतसँग सधैँ सार्वभौम समानता, पारस्परिक सम्मान र हितमा आधारित सम्बन्ध चाहेको उल्लेख गरेका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको धारणा मानेर त्यसलाई एउटा युगको संज्ञा दिन नमिल्ने उनको तर्क छ।

नेपाल–भारत सम्बन्धमा रहेका समस्याबारे पनि ज्ञवालीले ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सीमा विवाद, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका केही प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउँदा भोग्नुपर्ने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा बनाइएका बाँधका कारण हुने डुबान र वैकल्पिक हवाई प्रवेश मार्गसम्बन्धी विषय दुई देशबीच छलफल हुनुपर्ने मुद्दा हुन्।

यी विषय उठाउनु भारतको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय भएको ज्ञवालीको भनाइ छ। घनिष्ठ छिमेकीसँग समस्या लुकाएर राख्दैमा सम्बन्ध बलियो नहुने उल्लेख गर्दै उनले आपसी समस्याको समाधानका लागि खुला संवाद आवश्यक रहेको बताएका छन्।

ज्ञवालीले राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गरी त्यसका आधारमा प्रभावकारी कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यथार्थलाई बेवास्ता गरेर गरिने तुष्टीकरणले राष्ट्रिय स्वाभिमान र हितको संरक्षण गर्न सक्दैन।

#PradeepGyawali #SwarnimWagle #NepalIndiaRelations #NepalPolitics #Diplomacy #DreamNewsNetwork

Previous Post

सशस्त्र प्रहरीद्वारा महोत्तरीमा सात लाखभन्दा बढीको अवैध सामान बरामद

Next Post

क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी, टर्की र पाकिस्तानका अधिकारी तेहरान जाँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav