• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

यो खेल गत संस्करणको फाइनलको पुनरावृत्ति हो, जसले गर्दा यस उद्घाटन मुकाबलालाई निकै रोचक रूपमा हेरिएको छ। खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४:३० बजे सुरु हुनेछ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले प्लेअफ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। लिग चरणमा ७ खेलमा ४ जित र ३ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको लुम्बिनीले इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेट र क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि चुमेको थियो। उक्त फाइनलमा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए भने रुवेन ट्रम्पलम्यान ‘प्लेयर अफ द फाइनल’ र ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानी र पूर्वभारतीय क्रिकेटर टिनु योहानाको मुख्य प्रशिक्षणमा रहेको लुम्बिनी लायन्स यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपाधि रक्षा गर्ने दाउमा छ।

उता, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेलमा जित निकालेको थियो र सुरुवाती चरणमै प्लेअफको यात्रा पक्का गर्ने पहिलो टोली बनेको थियो। यसपटकको तेस्रो संस्करणमा दीपेन्द्रसिंह ऐरीको कप्तानी र पाकिस्तानी पूर्वक्रिकेटर तथा कप्तान मिस्बाह-उल-हकको प्रशिक्षणमा मैदानमा उत्रने सुदूरपश्चिम गत संस्करणका कमजोरीहरू सुधार गर्दै ट्रफी उचाल्ने लक्ष्यमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।


Previous Post

एनपीएलको तेस्रो संस्करणका लागि गगन थापाको शुभकामना, नेपाली क्रिकेटको संघर्ष सम्झिए

Next Post

स्थानीय तहका उम्मेदवार तल्लो तहबाटै छनोट हुन्छन्, पहुँचका भरमा टिकट खोसिँदैन : गगन थापा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav