काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमबारदेखि सुरु हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कीर्तिपुर क्रिकेट मैदानमा एनपीएलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुनेछ। डिसहोमका ग्राहकले एनपीएलका खेल हेर्न थप शुल्क तिर्नु नपर्ने भएको छ। डिसहोमका अनुसार ग्राहकले एचडी गुणस्तरमा अतिरिक्त शुल्कबिना प्रतियोगिताका खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्।
डिसहोमका सक्रिय ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट १ तथा स्टार स्पोर्ट्स सिलेक्ट २ च्यानलमार्फत प्रतियोगिताका खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
यस सुविधाले ग्राहकलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने कम्पनीको अपेक्षा छ। यो सुविधा उपयोग गर्न ग्राहकको डिसहोम डीटीएच वा आईपीटीभी सदस्यता सक्रिय रहेको हुनुपर्नेछ।
सदस्यताको अवधि समाप्त भएका ग्राहकले खल्ती वा इसेवामार्फत सदस्यता नवीकरण गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। एकै दिन दुई खेल आयोजना हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछन्।
