• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मधेसमा नयाँ सरकार गठनको तयारी तीव्र, एमाले–जसपा–जनमतबीच छलफल

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
मधेसमा नयाँ सरकार गठनको तयारी तीव्र, एमाले–जसपा–जनमतबीच छलफल
0
SHARES
0
VIEWS

मधेसमा नयाँ सरकार गठनको तयारी तीव्र, एमाले–जसपा–जनमतबीच छलफल

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरण निर्माण गर्ने प्रयास तीव्र बनेको छ। एमालेले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र जनमत पार्टीसँग मिलेर नयाँ सरकार गठनका लागि छलफल अघि बढाएको हो।

तीन दलका नेताहरूबीच प्रदेशमा नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा संवाद भइरहेको छ। यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्तिम सहमति भइसकेको छैन।

एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र जनताले सरकारको कामबाट अपेक्षित अनुभूति गर्न नसकेको भन्दै समर्थन फिर्ता लिएको बताए।

उनका अनुसार कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमतिअनुसार काम अघि नबढेपछि एमाले सरकारबाट बाहिरिएको हो। अब अन्य दलसँग सहकार्य गरेर नयाँ सरकार बनाउने दिशामा पार्टीले पहल गरिरहेको उनले बताए।

यादवका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच केन्द्रस्तरमा प्रारम्भिक छलफल भइसकेको छ। त्यसैगरी, प्रदेश तहमा जसपा र जनमत पार्टीका नेताहरूसँग पनि संवाद भइरहेको छ।

चाडपर्व सकिएपछि तीन दलबीच सहमति जुटाउने प्रयास गरिने उनले जानकारी दिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

यद्यपि, विगतमा भएका राजनीतिक सहमति अन्तिम समयमा कार्यान्वयन नहुने अवस्था देखिएकाले ठोस निर्णय नभएसम्म अहिलेको छलफललाई अन्तिम निष्कर्ष मान्न नसकिने एमाले नेताहरूको भनाइ छ।

जसपाले नेतृत्वमा दाबी गर्‍यो

जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि एमाले, जसपा र जनमत पार्टीबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको बताए। तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको उनको भनाइ छ।

उनले प्रदेशसभामा जसपा नेपाल सबैभन्दा ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व आफूहरूको पार्टीले गर्नुपर्ने दाबी गरे। आगामी केही दिनभित्र सरकार गठनसम्बन्धी विषय टुंगोमा पुग्ने अपेक्षा गरिएको उनले बताए।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएपछि यस विषयमा थप छलफल हुने जनाइएको छ। वर्तमान सरकारको निरन्तरता र नयाँ सरकार गठनको समयसीमालाई ध्यानमा राखेर दलहरूबीच सहमतिको प्रयास भइरहेको छ।

एमाले बाहिरिएपछि सरकार अल्पमतमा

गत असोज ३० गते एमाले तीनदलीय गठबन्धनबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ। तर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ। उपलब्ध विवरणअनुसार प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

सिट संख्याका आधारमा एमाले, जसपा नेपाल र जनमत पार्टी एक ठाउँमा आए उनीहरूको कुल संख्या ६२ पुग्छ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो।

तर, तीनै दलबीच औपचारिक सहमति, सरकारको नेतृत्व र सत्ता साझेदारीको ढाँचा टुंगिन बाँकी छ। त्यसैले मधेस प्रदेशको आगामी राजनीतिक समीकरण कस्तो बन्ने भन्ने विषय दलहरूबीचको वार्ताको परिणाममा निर्भर रहनेछ।

 

Previous Post

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

Next Post

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav