• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा चार जना पक्राउ

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा चार जना पक्राउ
0
SHARES
0
VIEWS

काठमाडौँ । काठमाडौँको कलंकीस्थित नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। दसैँको बिदामा डेरामा कोही नभएको मौका छोपेर ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आइतबार साँझ पक्राउ परेका व्यक्तिहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो। घटनाबारे गत कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भनिने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।

अनुसन्धानका क्रममा उक्त समूहले कात्तिक ६ गते काठमाडौँ महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सुन तथा चाँदीजस्तो देखिने धातुका गरगहना, विभिन्न कम्पनीका मोबाइल फोन, घडी र भारतीय रुपैयाँलगायतका सामग्री बरामद गरेको छ।

बरामद सामग्रीको विवरण

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बरामद सामग्रीहरू निम्न छन्।

सुनजस्तो देखिने पहेँलो धातुका सामग्री:
१. २३ ग्राम तौलका सिक्री ३ थान।
२. १८ ग्राम तौलको बाला १ थान।
३. २३ ग्राम तौलका सिक्री ३ थान।
४. ३२ ग्राम तौलका बालाका टुक्रा ५ थान।
५. ३ ग्राम तौलको कछुवाको मूर्ति १ थान।
६. १० ग्राम तौलको सिक्का १ थान।
७. १० ग्राम तौलका सरस्वतीका मूर्ति २ थान।
८. २३ ग्राम तौलका सिक्री ३ थान।
९. १४ ग्राम तौलका औँठी २ थान।
१०. ३९ ग्राम तौलका लकेट ४ थान।
११. ८ ग्राम तौलको पाइला १ थान।
१२. १ ग्राम तौलका धातुका टुक्रा ४ थान।

चाँदीजस्तो देखिने धातुका सामग्री:
१३. ११ ग्राम तौलका सिन्दुर बट्टा ३ थान।
१४. १६२ ग्राम तौलको गणेश र लक्ष्मीको मूर्ति १ थान।
१५. १२१.६७ ग्राम तौलका पाउजु ८ थान।
१६. ५७ ग्राम तौलको पत्थर जडित सिरबन्दी १ थान।
१७. २१.५ ग्राम तौलका औँठी ५ थान।
१८. ७७.३७ ग्राम तौलका सिक्का ३ थान।
१९. १०५.८२ ग्राम तौलका ब्रेसलेट ३ थान।
२०. ३३ ग्राम तौलको धातुको टुक्रा १ थान।
२१. १२३ ग्राम तौलका कुच्चिएका कप २ थान।
२२. ७४ ग्राम तौलको दियो १ थान।
२३. ४० ग्राम तौलको पानी चढाउने चम्चा १ थान।
२४. ५०२ ग्राम तौलको कुच्चिएको करुवा १ थान।
२५. ४४० ग्राम तौलको कुच्चिएको टिकाथली १ थान।
२६. ३६० ग्राम तौलका कुच्चिएका बुट्टे थालका टुक्रा २ थान।
२७. ८८ ग्राम तौलको कुच्चिएको प्लेट १ थान।
२८. तौल नखुलेको चाँदीजस्तो देखिने धातुको कुच्चिएको प्लेट १ थान।

अन्य बरामद सामग्री:
२९. विभिन्न कम्पनीका मोबाइल फोन १६ थान।
३०. विभिन्न दरका भारतीय रुपैयाँ १२ हजार ३१०।
३१. चालु तथा बन्द अवस्थामा रहेका विभिन्न कम्पनीका घडी १० थान।
३२. नेपाल र भारतका विभिन्न दरका सिक्का।
३३. कछुवाको आकृतिको धातुको बट्टा १ थान।

 

Previous Post

पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, चालक घाइते

Next Post

एनपीएलमा आज दुई खेल हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav