• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बुल्गेरियाको राष्ट्रपति निर्वाचनमा आयोतोभा अगाडि, दोस्रो चरणमा प्रतिष्पर्धा हुने

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
बुल्गेरियाको राष्ट्रपति निर्वाचनमा आयोतोभा अगाडि, दोस्रो चरणमा प्रतिष्पर्धा हुने
0
SHARES
0
VIEWS

बुल्गेरियाको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति इलियाना आयोतोभा अगाडि देखिएकी छन्। आइतबार सम्पन्न निर्वाचनको एक्जिट पोलअनुसार उनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिए पनि राष्ट्रपतिको टुङ्गो लगाउन दोस्रो चरणको मतदान गर्नुपर्ने भएको छ।

अल्फा रिसर्चको एक्जिट पोलअनुसार आयोतोभाले ३५.३ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ। त्यस्तै, मायारा सोसियोलोजी एजेन्सीको एक्जिट पोलले उनले ३५.२ प्रतिशत मत पाउने देखाएको छ।

दोस्रो चरणमा आयोतोभाको प्रतिस्पर्धा बुल्गेरियाका पूर्वकार्यवाहक प्रधानमन्त्री आन्द्रे गु्रोभसँग हुनेछ। अल्फा रिसर्चका अनुसार गु्रोभले ३२.४ प्रतिशत र मायाराका अनुसार ३२.२ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ।

निर्वाचनमा मतदाता सहभागिता न्यून देखिएको छ। अल्फा रिसर्चले २२.३ प्रतिशत र मायाराले २१.२ प्रतिशत मतदान भएको अनुमान गरेका छन्। दुवै संस्थाले बुल्गेरियन राष्ट्रिय टेलिभिजनमार्फत एक्जिट पोल सार्वजनिक गरेका हुन्।

बुल्गेरियाको निर्वाचन व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचित हुन उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। साथै, कुल योग्य मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेको हुनुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त नगरेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच सात दिनभित्र दोस्रो चरणको मतदान गरिन्छ।

निर्वाचनको आधिकारिक नतिजा मंगलबार साँझसम्म सार्वजनिक गरिने जनाइएको छ। दोस्रो चरणको मतदान आगामी आइतबार हुने अपेक्षा गरिएको छ।

एक्जिट पोल सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै आयोतोभाले मतदान नगरेर देशमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच भ्रमपूर्ण भएको बताइन्। उनले न्यून मतदानप्रति चिन्ता व्यक्त गर्दै वास्तविक परिवर्तनका लागि नागरिकको निर्वाचन सहभागिता आवश्यक रहेकोमा जोड दिइन्।

आगामी वर्षहरूमा बुल्गेरियालाई पुनः आर्थिक तथा राजनीतिक गतिहीनताको अवस्थामा फर्कन नदिन धेरै परिवर्तन गर्नुपर्ने आयोतोभाले बताइन्। विभाजन र द्वन्द्वका कारण विगतमा देशले धेरै अवसर गुमाएको उनको भनाइ थियो।

यता, गु्रोभले आयोतोभालाई खुला र इमानदार बहसमा सहभागी हुन आह्वान गरेका छन्। दुवै उम्मेदवारले आफ्नो अधिकार कसरी प्रयोग गर्ने र देशले कठिन निर्णय लिनुपर्ने अवस्थामा कस्तो भूमिका खेल्ने भन्ने विषयमा नागरिकसमक्ष आफ्ना धारणा राख्नुपर्ने उनले बताए।

बुल्गेरियामा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ। आयोतोभाको वर्तमान कार्यकाल सन् २०२७ जनवरीको अन्त्यमा सकिँदैछ।

 

Previous Post

सिरियाको अफ्रिनमा विस्थापित किसान जैतुन खेतीबाट जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा

Next Post

साउदी अरबलाई सहयोग गर्न इजिप्टका राष्ट्रपतिलाई संसदको अनुमति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav