• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

साउदी अरबलाई सहयोग गर्न इजिप्टका राष्ट्रपतिलाई संसदको अनुमति

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
साउदी अरबलाई सहयोग गर्न इजिप्टका राष्ट्रपतिलाई संसदको अनुमति
0
SHARES
0
VIEWS

इजिप्टको संसद्ले साउदी अरबलाई सहयोग तथा रक्षा गर्न आवश्यक कदम चाल्ने अधिकार राष्ट्रपति अब्देल फताह अल–सिसीलाई दिएको छ। संसद्को महासचिवालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पूर्ण बैठकमा दुई तिहाइ बहुमतबाट उक्त प्रस्ताव पारित भएको हो।

पारित प्रस्तावले साउदी अरबको सार्वभौमसत्ता, सुरक्षा तथा पवित्र स्थलहरूलाई बाह्य आक्रमणबाट जोगाउन आवश्यक कदम चाल्ने अधिकार राष्ट्रपतिलाई दिएको छ। यो निर्णय अक्टोबर १८ मा इजिप्टको राष्ट्रिय रक्षा परिषद्ले गरेको निर्णयअनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि अक्टोबर १७ मा राष्ट्रपति सिसीले साउदी अरबको सुरक्षा र सार्वभौमसत्ताको रक्षाका लागि आवश्यक परे इजिप्ट उसले मागेका जुनसुकै कदम चाल्न तयार रहेको बताएका थिए। तर, त्यसका लागि संसद्को स्वीकृति आवश्यक पर्ने उनको भनाइ थियो।

साउदी अरबको आग्रहमा रक्षात्मक सहयोग गर्नुपर्ने अवस्था आए त्यसलाई अनुमति दिन सिसीले संसद्को आपत्कालीन बैठक बोलाएका थिए। यस्तो कदम युद्धका लागि नभई विशुद्ध रक्षात्मक उद्देश्यका लागि हुने उनले स्पष्ट पारेका थिए।

यसअघि इजिप्टको सरकारी समाचार संस्था मेनाले साउदी अरबको रक्षाका लागि सेनालाई अनुमति दिने विषयमा संसद्मा हुने मतदान अक्टोबर २६ सम्मका लागि सारिएको जनाएको थियो।

यमनका हुथी विद्रोही र साउदी अरबबीच पछिल्ला दिनमा तनाव बढ्दै गएको सन्दर्भमा इजिप्टको यो निर्णय आएको हो। दुवै पक्षबीच पछिल्लो समय आक्रमण र सैन्य चेतावनी आदानप्रदान भइरहेका छन्।

 

Previous Post

बुल्गेरियाको राष्ट्रपति निर्वाचनमा आयोतोभा अगाडि, दोस्रो चरणमा प्रतिष्पर्धा हुने

Next Post

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav