नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर तीन हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तीन हजार ९९५ रुपैयाँ कायम थियो ।
