आगामी सरकारको नेतृत्व गर्न दुई मुख्य गठबन्धन (ब्लक) बीच कडा प्रतिस्पर्धा छ । पहिलो समूह ‘लिकुड’ पार्टीको नेतृत्वमा रहेको गठबन्धन हो, जसमा धेरै अति-दक्षिणपन्थी र कट्टर धार्मिक (अल्ट्रा-अर्थोडक्स) दलहरू सामेल छन् । दोस्रो समूह मुख्य विपक्षी गठबन्धन हो, जसमा यहुदी नेतृत्वका चार विपक्षी शक्तिहरू ‘याशार’ पार्टी, ‘डेमोक्र्याट्स’, ‘यिस्रायल बेतेइनु’ पार्टी र ‘टुगेदर’ गठबन्धन समावेश रहेका छन् ।
चुनावी मैदानमा धेरै दलहरू रहेकाले कुनै पनि एक दल वा समूहले सरकार गठनका लागि आवश्यक पर्ने ६१ सिटको स्पष्ट बहुमत प्राप्त गर्नु लगभग असम्भव देखिएको छ । शुक्रबार निर्वाचनसम्बन्धी प्रचारप्रसारमा रोक लाग्नुअघि गरिएका जनमत सर्वेक्षणहरूले कुनै पनि मुख्य समूहले बहुमत ल्याउन नसक्ने संकेत गरेका थिए । प्रमुख राजनीतिक दल तथा गठबन्धनहरूको विवरण यस प्रकार छ :
– ‘याशार’ : पूर्वसेना प्रमुख गादी आइसेनकोटको नेतृत्वमा रहेको यस पार्टीले २२ देखि २४ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘लिकुड’ : इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको यस पार्टीले २१ देखि २३ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘टुगेदर’ : पूर्वप्रधानमन्त्रीद्वय नाफ्ताली बेनेट र याइर लापिडको नेतृत्वमा रहेको यस गठबन्धनले १३ देखि १४ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘डेमोक्र्याट्स’ : याइर गोलानको नेतृत्वमा रहेको यस पार्टीले ८ देखि ९ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘जोइन्ट लिस्ट’ : अरब नेतृत्वका तीन दलहरू हादाश, बालाद र ताअल मिलेर बनेको यस गठबन्धनले ९ देखि १० सिट जित्ने अनुमान गरिएको छ ।
– ‘यिस्रायल बेतेइनु’ : एभिग्डोर लिबरम्यानको नेतृत्वमा रहेको यस पार्टीले ८ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘युनाइटेड तोराह जुदाइज्म’ : यसमा दुई ठूला ‘अश्केनाजी हारेदी’ (Ashkenazi Haredi) दलहरू समावेश छन् । यसले ८ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘शास’ : आर्य डेरीको नेतृत्वमा रहेको यस पार्टीले ‘सेफार्दिक हारेदिम’ (Sephardic Haredim) समुदायको प्रतिनिधित्व गर्छ । यसले ७ देखि ८ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘ओत्ज्मा येहुदित’ : अति-दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्भिरको नेतृत्वमा रहेको यस पार्टीले ७ देखि ८ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘रिलिजियस जियोनिज्म–जेहुत’ : अति-दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिच र मोशे फेइग्लिनको नेतृत्वमा रहेको यस गठबन्धनले ५ देखि ६ सिट जित्ने अनुमान गरिएको छ ।
– ‘राआम’ : मन्सुर अब्बासको नेतृत्वमा रहेको यस पार्टीले ५ देखि ६ सिट जित्ने अनुमान गरिएको छ ।
