• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दशैंमा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या दोब्बर नजिक, ५ हजारभन्दा बढीले गरे भ्रमण

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
दशैंमा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या दोब्बर नजिक, ५ हजारभन्दा बढीले गरे भ्रमण
0
SHARES
0
VIEWS

१० कात्तिक, लमजुङ । यस वर्षको दशैं अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ५ हजार ३८४ विदेशी पर्यटकले यस पदमार्गको भ्रमण गरेका छन्।

असोज २५ देखि कात्तिक ८ गतेसम्मको तथ्याङ्कअनुसार यस वर्ष पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा २ हजार ६२७ ले बढी हो। गत वर्ष दशैं अवधिमा उक्त पदमार्गमा २ हजार ७५७ विदेशी पर्यटक आएका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार पर्यटक आगमन बढ्नुका विभिन्न कारण छन्। मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्‍याएपछि आवागमन प्रभावित हुँदा त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आकर्षित भएको उनले बताए।

यसका साथै, अनुकूल मौसम र पछिल्लो समय मानिसमा घुमफिर गर्ने प्रवृत्ति बढ्दै जानुले पनि पर्यटकको संख्या वृद्धि भएको गुरुङको भनाइ छ।

पर्यटक जाँच तथा सूचना केन्द्रको तथ्याङ्कअनुसार दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा आउनेमध्ये ३ हजार २८८ पुरुष, २ हजार ९४ महिला र अन्य समूहका दुई जना छन्। राष्ट्रियताका आधारमा सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट ४ हजार ७७५ पर्यटक आएका छन्।

देशगत विवरणमा भारतबाट सबैभन्दा धेरै ६०६ पर्यटक आएका छन्। त्यस्तै, जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटकले पदयात्रा गरेका छन्।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, प्राकृतिक सुन्दरता, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अनुभव लिन सकिने भएकाले यो पदमार्ग विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ।

Previous Post

काठमाडौंको गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

साउदीमा रहेका नेपालीलाई राजदूतावासको अपिल : सतर्क रहन र अनावश्यक बाहिर ननिस्कन आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav