नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तीव्र पारेका छन्। गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन्। सोमवार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाभन्दा करिब १.१ किलोमिटरको दूरीसम्मको सडक सफा गरिसकेका छन्।
क्षतिग्रस्त सडक खण्डहरूको मर्मत र अवरोध हटाउने कार्यलाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा अगाडि बढाइएको छ। नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ उद्धारकर्मीहरूले काम गरिरहेका छन्।
