• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिमाथि श्रम संस्कृति पार्टीको प्रश्न

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिमाथि श्रम संस्कृति पार्टीको प्रश्न
0
SHARES
0
VIEWS

महासचिव आरेन राई भन्छन्– राष्ट्रियताको पक्षमा उभिनु कुनै देशको विरोध होइन, सार्वभौमसत्तामा सम्झौता स्वीकार्य छैन

काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्री र अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिलाई लिएर प्रश्न उठाउँदै ती अभिव्यक्ति नियोजित रूपमा आएका हुन सक्ने आशंका व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राईले राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षण गर्नु कुनै विदेशी राष्ट्रको विरोध गर्नु नभएको स्पष्ट पारे। नेपालले पञ्चशीलका सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो।

उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए। कुनै देशसँग शत्रुतापूर्ण व्यवहार गर्ने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनतामा भने कुनै प्रकारको सम्झौता गर्न नसकिने बताए।

प्रधानमन्त्रीले भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति र अर्थमन्त्रीले भारतबारे राखेको धारणालाई लिएर संसद्मा जवाफ माग्ने राईले बताएका छन्। सरकारका पछिल्ला गतिविधिले ती अभिव्यक्ति संयोगवश नभई योजनाबद्ध रूपमा आएका हुन सक्ने आशंका जन्माएको उनको भनाइ छ।

संसद्को बैठक पुनः सुरु भएपछि प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउने उनले जानकारी दिए। राष्ट्रियता, राष्ट्रिय एकता, समृद्धि र सार्वभौमसत्ताको रक्षा आफ्नो पार्टीको प्रमुख प्राथमिकता रहेको पनि उनले बताए।

राईले राजनीतिक दल र नेतृत्व परिवर्तन भइरहे पनि देशको अस्तित्व र राष्ट्रिय हित सर्वोपरि हुनुपर्ने धारणा राखे। व्यक्तिगत वा दलगत स्वार्थका कारण मुलुकको हितमा असर पर्ने अभिव्यक्ति दिन नहुने उनको भनाइ थियो।

कूटनीतिक सम्बन्धको नाममा आफ्नै देशको हितविपरीत हुने गरी धारणा सार्वजनिक गर्नु उचित नहुने उनले उल्लेख गरे। अर्थमन्त्रीको राजीनामा माग्ने वा आन्दोलनमा जाने विषयमा भने संसद् पुनः सञ्चालन भएपछि पार्टीले थप स्पष्ट धारणा बनाउने राईले बताए।

 

Previous Post

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

Next Post

विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav