• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अर्थमन्त्री वाग्लेमाथि सूर्य थापाको आलोचना, पदबाट हटाउन प्रधानमन्त्रीसँग माग

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
अर्थमन्त्री वाग्लेमाथि सूर्य थापाको आलोचना, पदबाट हटाउन प्रधानमन्त्रीसँग माग
0
SHARES
0
VIEWS

एमाले नेता थापाले अर्थ समितिमा वाग्लेको भूमिका, भारत भ्रमणका क्रममा दिएका अभिव्यक्ति र आर्थिक सुधारका प्रयासमाथि उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनलाई पदबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै थापाले महत्त्वाकाङ्क्षा र पदप्रतिको मोहका कारण देशको हित प्रभावित भइरहेको आरोप लगाए।

थापाले अर्थ समितिमा वाग्लेको उपस्थिति र भूमिकामाथि प्रश्न उठाएका छन्। नयाँ स्टक एक्सचेञ्जसम्बन्धी विषयमा समितिले गरेको निर्णयमा वाग्लेले फरक मत राख्नु उचित नभएको उनको टिप्पणी छ। थापाका अनुसार सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार अघि बढ्न सकिने अवस्थामा समितिले पुरानो निर्देशन फुकुवा गर्ने निर्णय गरेको थियो।

अर्थ समितिमा छलफल भइरहेको विधेयकका विषयमा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित आवासीय छलफलमा वाग्लेको प्रस्तुतिलाई पनि थापाले आलोचना गरेका छन्। राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षका रूपमा काम गरिसकेको अनुभव हुँदाहुँदै आफूलाई नयाँ बताएको भन्दै आफूले प्रश्न उठाएको उनले उल्लेख गरेका छन्। त्यसपछि वाग्ले समितिको कार्यक्रम पूरा नगरी बाहिरिएको थापाको दाबी छ।

थापाले वाग्लेले विगतमा प्रतिनिधिसभा र विभिन्न प्रशिक्षणका क्रममा परराष्ट्र मामिलाबारे दिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। उनका अनुसार ती अभिव्यक्ति नेपालको राष्ट्रिय हित र ऐतिहासिक विरासतसँग मेल खाँदैनन्।

भारत भ्रमणका क्रममा वाग्लेले भारतीय विदेशमन्त्रीसमक्ष राखेको प्रश्न तथा ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्ने युग सकियो’ भन्ने अभिव्यक्तिलाई थापाले नेपालको स्वाभिमानसँग जोडेर आलोचना गरेका छन्। उनले उक्त भनाइले नेपालको राष्ट्रिय हित र कूटनीतिक मर्यादाबारे प्रश्न उठाएको दाबी गरेका छन्। भारतसँगको द्विपक्षीय बैठकमा नेपालको झण्डा राख्ने विषयमा समेत लापरबाही भएको आरोप थापाले लगाएका छन्।

अर्थमन्त्रीको आर्थिक सुधारसम्बन्धी कामप्रति पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन्। उनले अर्थतन्त्र सुधारमा ठोस उपलब्धि देखिन नसकेको टिप्पणी गर्दै कथित चिठ्ठा प्रकरण र बीवाईडी विद्युतीय गाडीको भन्सारसम्बन्धी विषयमा उठेका प्रश्नको प्रसंग उल्लेख गरेका छन्। यी विषयमा संसद्मा आवाज उठे पनि पर्याप्त जवाफदेहिता नदेखिएको उनको आरोप छ।

थापाले वाग्लेको विगतको पेसागत यात्रालाई पनि आफ्नो टिप्पणीमा समेटेका छन्। २०७४ सालमा वाम गठबन्धनले सरकार बनाएपछि वाग्ले विदेश गएको र पछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल फर्किएको उल्लेख गर्दै उनले वाग्लेको नेपालप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्। थापाले विदेशी विश्वविद्यालयबाट प्राप्त योग्यताको सम्मान हुनुपर्ने भए पनि त्यसलाई पद प्राप्तिको माध्यम बनाउन नहुने धारणा राखेका छन्।

नेपाल–भारत सम्बन्धका विषयमा थापाले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग फिर्ता गर्ने माग तथा सुस्तामा सीमा अतिक्रमणको विरोधलाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्। नेपालको संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोध गर्नु भारतविरोध नभई नेपालको सार्वभौमिकता र स्वाभिमानको पक्षमा उभिनु भएको उनको तर्क छ।

थापाले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति अर्थ मन्त्रालयको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित नभएको दाबी गर्दै प्रधानमन्त्रीले उनलाई यथाशीघ्र पदबाट हटाउनुपर्ने माग गरेका छन्। अन्यथा यस्ता अभिव्यक्तिले नेपालको राष्ट्रिय हित, स्वाभिमान र प्रतिष्ठामा असर पार्न सक्ने उनको भनाइ छ।

 

Previous Post

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav