• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
1
VIEWS

मुकेश कुमार यादव/न्युज कारखाना

सिरहा, १० कात्तिक । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजारको ठेक्का र राजस्व छुटसम्बन्धी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख देवनाथ साह तेलीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजारको ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गर्ने गरी दिइएको, सम्झौताअनुसार राजस्व असुल नगरी बाँकी रकमसमेत हिनामिना गरिएको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा तत्कालीन नगर प्रमुख साह, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, रामनारायण महतो, अनन्तकुमार पौड्याल, राजस्व शाखा प्रमुख दिनेश सहनी र ठेकेदार वीरेन्द्रकुमार यादवले मिलेमतो गरी बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको देखिएको अख्तियारले बताएको छ।

आयोगका अनुसार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो। तर, नगर कार्यपालिकाको निर्णय तथा प्रचलित कानुनविपरीत राजस्व छुट दिइएको र प्रतिस्पर्धाबिनै अमानतमा ठेक्का सञ्चालन गर्न दिइएको आरोप छ।

अख्तियारले सार्वजनिक सम्पत्तिमा भएको हानिनोक्सानीको बिगो एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा कायम गरेको छ। उक्त रकम बराबरको बिगो मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले बताएको छ।

आयोगले यस प्रकरणमा संलग्न रहेको आरोपमा सम्बन्धित प्रतिवादीहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ।

Previous Post

अर्थमन्त्री वाग्लेमाथि सूर्य थापाको आलोचना, पदबाट हटाउन प्रधानमन्त्रीसँग माग

Next Post

कात्तिक १२ देखि जावलाखेलमा गोदावरी फूल प्रदर्शनी, १ करोड ३० लाखको कारोबार लक्ष्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav