• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गाभीले नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग गर्ने

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
गाभीले नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग गर्ने
0
SHARES
1
VIEWS

सन् २०३० सम्मका लागि सहायता सुनिश्चित, फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार अमेरिकी डलर पनि मिनाहा

काठमाडौं । नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) बाट ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। यो सहयोग सन् २०३० सम्मका लागि सुनिश्चित भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पहल र गाभीसँग भएको छलफलपछि खोप कार्यक्रमका लागि आवश्यक सहयोग सुनिश्चित भएको हो। यसबाट नेपालमा नियमित खोप सेवा सञ्चालन गर्न तथा लक्षित समुदायसम्म खोपको पहुँच कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यससँगै गाभीले नेपालबाट फिर्ता लिनुपर्ने भनी उल्लेख गरेको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा गरेको छ। आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको सहायता रकमको लेखापरीक्षण गर्दा प्रक्रियागत त्रुटि देखिएको भन्दै उक्त रकम फिर्ता गर्नुपर्ने उल्लेख गरिएको थियो।

अन्तर्राष्ट्रिय विकास सहायता र वित्तीय स्रोतमा दबाब बढिरहेका बेला आगामी वर्षहरूका लागि खोप सहायता सुनिश्चित हुनु र पुरानो रकम मिनाहा हुनुलाई नेपालका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादले सहायता प्राप्ति र रकम मिनाहाको विषय टुङ्ग्याउन सहयोग पुगेको मन्त्रालय स्रोतले जनाएको छ। यसबाट राष्ट्रिय खोप कार्यक्रमको आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

नेपालले नियमित खोप कार्यक्रममार्फत बालबालिका र अन्य लक्षित समूहलाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउँदै आएको छ। खोप सेवाको निरन्तरता, प्रभावकारिता र पहुँच विस्तारमा अन्तर्राष्ट्रिय साझेदारको सहयोग महत्त्वपूर्ण रहँदै आएको छ।

 

Previous Post

वीरगञ्जका बन्दरगाहमा रेल र भन्सार सेवा चुस्त बनाउन पूर्वाधार समितिको निर्देशन

Next Post

जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav