• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
0
SHARES
0
VIEWS

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन्।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका छन्। मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै थापाले विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। कांग्रेसले विगतमा गरेका कामको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ छ।

थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताएका छन्। नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले दुवै पुस्तालाई सँगै लिएर जानुपर्नेमा जोड दिएका छन्।

पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। आगामी स्थानीय तह निर्वाचनमा पुराना र नयाँ नेताकार्यकर्तालाई समेट्दै महिलालाई पर्याप्त जिम्मेवारी दिनुपर्ने तथा सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्वमा ध्यान दिनुपर्ने थापाले बताएका छन्।

स्थानीय तहका उम्मेदवार छनोटमा तल्लो तहका पार्टी सदस्यलाई निर्णायक भूमिका दिनुपर्ने पनि थापाले उल्लेख गरेका छन्। पार्टीको विधानअनुसार पोखरा महानगरपालिकाका उम्मेदवार पोखराकै पार्टी सदस्यले तथा स्याङ्जा र तनहुँका उम्मेदवार सम्बन्धित जिल्लाकै पार्टी सदस्यले छनोट गर्ने उनले बताएका छन्।

पार्टीका नेता तथा सम्भावित उम्मेदवारहरू केन्द्रमा सीमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेसको काम गर्ने शैली र नेताहरूको व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्।

सभापति थापाले भने, ‘नयाँ पुस्तालाई पुरानो पुस्तासँग अनुभव छैन भन्ने लाग्छ भने पुरानो पुस्तालाई नयाँ पुस्तासँग अनुभव छैन भन्ने लाग्न सक्छ। तर नयाँ र पुराना दुवै पुस्तासँग आ–आफ्नै ज्ञान र अनुभव छन्। त्यसैले पार्टीभित्र चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई सँगै लिएर अघि बढ्नुपर्छ।

स्थानीय निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी र समुदायलाई उचित अवसर दिनुपर्छ। १५औँ महाधिवेशनपछि नेपाली कांग्रेसले वर्षौँदेखि पार्टीसँग जोडिएका तर पछिल्लो समय टाढिएका मतदातासँग पुनः संवाद गर्नुपर्छ। उनीहरूलाई दोष दिने होइन, उनीहरूको घरमा पुग्ने, गुनासा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियान चलाउनुपर्छ। यसका लागि मंसिर महिनाभरि देशव्यापी संवाद अभियान सञ्चालन गर्न प्रस्ताव गर्दछु।

अब नेताहरू केन्द्रमा मात्र सीमित भएर बस्ने होइन, गाउँ, वडा र टोलसम्म पुग्नुपर्छ। स्थानीय निर्वाचनका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छान्ने व्यवस्था गरिएको छ। त्यसैले उम्मेदवार बन्न चाहनेदेखि पार्टीका नेतासम्म जनतामाझ पुग्नुपर्छ।

नेताहरूको स्वागतमा तामझाम गर्ने, लामो सवारीसाधनको लस्कर लगाउने र जनताबाट टाढा रहने प्रवृत्ति बदल्नुपर्छ। जनताले नेताहरूलाई सहजै भेट्न, आफ्ना कुरा राख्न र उनीहरूका कुरा सुन्न पाउनुपर्छ। काम गर्ने, सोच्ने र जनतामाझ पुग्ने शैलीमा परिवर्तन आएपछि मात्र जनताले पार्टी बदलिएको अनुभूति गर्नेछन्।

नेपाली कांग्रेसको नेतृत्व गर्नु भनेको पार्टीलाई मात्र सम्हाल्नु होइन, नेपालको लोकतान्त्रिक अभ्यासलाई पनि बलियो बनाउनु हो। यो जिम्मेवारी पूरा गर्न सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु। साथै, आज सम्मानित सबै व्यक्तित्वप्रति पार्टीका तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु।’

नेताहरू विमानस्थलमा आउँदा लामो तामझामसहित स्वागत गर्ने, माला र खादा लिएर लामबद्ध हुने तथा सर्वसाधारणबाट टाढा रहने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने थापाको भनाइ छ। नेताहरू सर्वसाधारणसँग सहजै भेटिने, उनीहरूका कुरा सुन्ने र जनताकै बीचमा रहेर काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताएका छन्।

आफूले पार्टी सभापतिको जिम्मेवारीलाई नयाँ अध्यायका रूपमा लिएको उल्लेख गर्दै थापाले आगामी चार वर्ष पार्टीलाई व्यवस्थित र जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसलाई सम्हाल्नु पार्टीको संगठन व्यवस्थापनमा मात्र सीमित नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारीसमेत भएको उनको भनाइ छ। यसका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको निरन्तर साथ र सहयोग आवश्यक रहेको उनले बताएका छन्।

 

Previous Post

आर्यन राईको प्रश्न : छिमेकीसामु झुक्नुपर्ने कस्तो राष्ट्रवाद?

Next Post

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav