काठमाडौं, ११ कात्तिक । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
