मंगलबार साँझ उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी गोलचोकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र. १–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय लोकेन्द्र थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
