• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शीर्षक: नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, सीमा अपराध नियन्त्रण र व्यवस्थापनमा छलफल हुने

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
शीर्षक: नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, सीमा अपराध नियन्त्रण र व्यवस्थापनमा छलफल हुने
0
SHARES
0
VIEWS

काठमाडौँ । नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ। बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

बैठकमा सहभागी हुन भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आएका छन्। नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन्। भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास तथा सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमा सुरक्षाको अवस्था, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार र अवैध हातहतियार नियन्त्रणका लागि दुवै देशले गरेका प्रयासको समीक्षा गरिनेछ।

त्यसैगरी, सीमा व्यवस्थापनसम्बन्धी संयन्त्रको मार्गदर्शनअनुसार दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुनेछ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने तथा नेपाल र भारतका सीमा सुरक्षा बलबीच आपसी विश्वास, समन्वय र सहकार्य विस्तार गर्ने विषयलाई पनि बैठकमा प्राथमिकता दिइनेछ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई प्रभावकारी रूपमा नियमन गर्ने विषयमा समेत छलफल हुनेछ। साथै, सीमा व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने सम्भावनाबारे पनि दुवै पक्षले विचारविमर्श गर्नेछन्।

 

Previous Post

: एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

Next Post

रक्तघटकको मौज्दात सकिएसँगै रेडक्रसद्वारा रक्तदान गर्न आह्वान, कामनपा र नगरवासी सक्रिय

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav