• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएलमा आज जनकपुर र काठमान्डु भिड्दै, दुवै टोलीको लक्ष्य जित

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
एनपीएलमा आज जनकपुर र काठमान्डु भिड्दै, दुवै टोलीको लक्ष्य जित
0
SHARES
1
VIEWS

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा पराजित जनकपुर जितको खोजीमा रहँदा काठमान्डु भने प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएको थियो। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको टोलीले आजको खेलमा सुधार गर्नुपर्ने देखिन्छ। कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गर्दै आगामी खेलमा सुधार गर्ने बताएका थिए।

अर्कोतर्फ, काठमान्डु गोर्खाजले यस सिजनका लागि अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडी अनुबन्ध गरेको छ। यद्यपि, वार्नर नेपाल आइपुगेका छैनन्। उनको अनुपस्थितिमा काठमान्डुको ब्याटिङ संयोजन र अन्य विदेशी खेलाडीको प्रदर्शन चासोको विषय बन्नेछ।

आजदेखि मौसम बदली भई वर्षा हुने सम्भावना रहेकाले खेलमा मौसमको प्रभाव पर्न सक्ने अनुमान छ।

पछिल्लो प्रदर्शन र हेड टु हेड

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा ११३ रन मात्रै बनाउन सकेको थियो। मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी विदेशी खेलाडी टोलीमा भए पनि जनकपुरले ब्याटिङमा उल्लेखनीय साझेदारी बनाउन सकेन।

पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई एनपीएल खेल्न रोक लगाएपछि जनकपुरले अन्तिम समयमा टोलीमा परिवर्तन गर्नुपरेको थियो। त्यसपछि टोलीले परवेज हसन इमोन र सेफ हसनलाई अनुबन्ध गरेको छ। उनीहरूको आगमनले जनकपुरको ब्याटिङमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।

काठमान्डु गोर्खाजले भने यस सिजन पहिलो खेल खेल्दैछ। राष्ट्रिय टोलीका अनुभवी खेलाडी र युवा प्रतिभाको मिश्रण रहेको काठमान्डु पहिलो खेलमै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छ। वार्नरको अनुपस्थितिमा अन्य विदेशी खेलाडीको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण हुनेछ।

एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर र काठमान्डुबीच दुई खेल भएका थिए। सन् २०२४ मा जनकपुरले काठमान्डुलाई पाँच विकेटले पराजित गरेको थियो भने सन् २०२५ मा काठमान्डुले पनि पाँच विकेटकै जित निकालेको थियो।

यससँगै दुवै टोली हेड टु हेडमा बराबरीमा छन्। आजको खेल जित्ने टोलीले एकअर्काविरुद्ध अग्रता लिने अवसर पाउनेछ।

टिम कम्बिनेसन र सम्भावित प्लेइङ ११

जनकपुरको पहिलो खेलमा कप्तान हर्मीत सिंहसँगै मोइन अली, जिमी नीशम र कुसल परेराले खेलेका थिए। पाकिस्तानका इफ्तिखार अहमद र हुसेन शाह पनि टोलीमा रहे पनि पहिलो खेलमा मैदान उत्रिएका थिएनन्। उनीहरूको स्थानमा नयाँ खेलाडी उपलब्ध भएसँगै जनकपुरसँग टोली संयोजनका थप विकल्प छन्।

नयाँ अनुबन्धित परवेज हसन इमोन र सेफ हसनले आजको खेलमा अवसर पाउँछन् वा पाउँदैनन् भन्ने निश्चित छैन। पहिलो खेलमा तृतराज दास र अनिल साहले उल्लेखनीय योगदान दिन सकेका थिएनन् भने मयन यादवले केही आक्रामक सट खेलेका थिए। त्यसैले जनकपुरको शीर्षक्रममा तत्काल ठूलो परिवर्तन हुने सम्भावना कम देखिन्छ।

डेब्यू खेलमा राहुल यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी आज पनि त्यही लय कायम राख्ने लक्ष्यमा हुनेछन्।

जनकपुर बोल्ट्सको सम्भावित ११: तृतराज दास, मयन यादव, अनिल साह, मोइन अली, कुसल परेरा, हर्मीत सिंह, जिमी नीशम, इफ्तिखार अहमद, हुसेन शाह, ललित राजवंशी र राहुल यादव।

काठमान्डु गोर्खाजमा युवा खेलाडीदेखि राष्ट्रिय टोलीका अनुभवी खेलाडीसम्म छन्। प्रसिद्ध जैसीदेखि अनुभवी अलराउन्डर करण केसीसम्मका खेलाडी टोलीमा छन्। राशिद खान, भीम सार्की र आदिल आलमले पनि पहिलो रोजाइमा स्थान पाउन सक्छन्। सोनु देवकोटालाई समेत खेलाउने सम्भावना छ।

विदेशी खेलाडीमा अमेरिकाका स्मित पटेल, विल बोसिस्टो, भारतका केएस भरत र श्रीलंकाका सहान अराचिगेले अवसर पाउन सक्नेछन्। वार्नर नेपाल नआइसकेकाले उपलब्ध खेलाडीबाटै बलियो संयोजन बनाउनु काठमान्डुको चुनौती हुनेछ।

स्मितले शीर्षक्रममा आक्रामक सुरुवात दिलाउन सक्छन् भने केएस भरतले विकेटकिपिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्नेछन्।

काठमान्डु गोर्खाजको सम्भावित ११: स्मित पटेल, केएस भरत, भीम सार्की, राशिद खान, आदिल आलम, विल बोसिस्टो, सहान अराचिगे, सोनु देवकोटा, प्रसिद्ध जैसी, करण केसी र शाहब आलम।

प्लेयर्स टु वाच

हर्मीत सिंह (जनकपुर बोल्ट्स)

जनकपुरका कप्तान हर्मीत ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने अलराउन्डर हुन्। पहिलो खेलमा टोलीको ब्याटिङ कमजोर रहेकाले उनीबाट जिम्मेवार इनिङको अपेक्षा हुनेछ। बलिङमा विकेट लिन सक्ने क्षमता भएका हर्मीतले काठमान्डुको मध्यक्रमलाई दबाबमा राख्न सक्छन्।

ललित राजवंशी (जनकपुर बोल्ट्स)

नेपालका अनुभवी बायाँहाते स्पिनर ललित राजवंशीले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। तर, उनी चाँडै लयमा फर्कन सक्ने खेलाडी हुन्। काठमान्डुको टोलीमा धेरै दायाँहाते ब्याटर रहेकाले उनको स्पिन बलिङ महत्त्वपूर्ण हुन सक्छ। सही समयमा विकेट लिन सके उनले जनकपुरलाई खेलमा बलियो अवस्थामा पुर्‍याउन सक्छन्।

स्मित पटेल (काठमान्डु गोर्खाज)

अमेरिकाका ब्याटर स्मित पटेल काठमान्डुको शीर्षक्रमका महत्त्वपूर्ण खेलाडी हुन्। ओपनिङमा उत्रिएर पावरप्लेमा आक्रामक ब्याटिङ गर्न सके उनले टोलीलाई राम्रो सुरुवात दिलाउन सक्छन्। वार्नरको अनुपस्थितिमा उनको भूमिका थप महत्त्वपूर्ण हुनेछ।

करण केसी (काठमान्डु गोर्खाज)

नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसी काठमान्डुका प्रमुख खेलाडीमध्ये एक हुन्। नयाँ बलमा विकेट लिन सक्ने र तल्लोक्रममा तीव्र गतिमा रन बनाउन सक्ने उनको क्षमताले टोलीलाई सन्तुलन प्रदान गर्छ। घरेलु मैदानको पिच र खेल परिस्थितिबारेको अनुभव पनि काठमान्डुका लागि उपयोगी हुन सक्छ।

 

Previous Post

सांसदको विधायिकी अधिकार खुम्च्याउन हुँदैन : महेश बर्तौला

Next Post

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अब धान नकाट्न विभागको आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav