• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीको सम्मेलन सुरु
0
SHARES
0
VIEWS

हेटौँडा । शिक्षा प्रणालीको सुधार, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने लक्ष्यसहित हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूको सम्मेलन सुरु भएको छ।

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन सङ्घीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका हुन्। कार्यक्रममा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका कुलपति तथा उपकुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षाविद्हरू सहभागी छन्।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था र विकासका सम्भावनाबारे प्रस्तुति दिएका थिए।

सातै प्रदेशका अनुभव र चुनौतीबारे छलफल

सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, अपनाइएका असल अभ्यास र देखिएका चुनौतीबारे अनुभव साटासाट गर्ने कार्यक्रम छ।

प्रदेशहरूबीच शैक्षिक सहकार्यका सम्भावना खोज्नुका साथै शिक्षा क्षेत्रको विकासमा देखिएका समस्याको समाधानका लागि साझा पहल गर्ने विषयमा पनि छलफल हुनेछ।

उच्च शिक्षाको गुणस्तर सुधारमा जोड

सम्मेलनमा सङ्घीयता कार्यान्वयनपछि शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, सङ्घ तथा प्रदेश सरकारबीचको समन्वय र प्रदेश विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण मुख्य छलफलका विषय रहनेछन्।

त्यसैगरी, विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग तथा प्रदेशहरूबीच ज्ञान र प्रविधिको आदानप्रदानलाई प्राथमिकतामा राखिएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका उपाय पहिचान गर्ने अपेक्षा गरिएको छ। उच्च शिक्षाको विकासका लागि प्रदेशहरूबीच दीर्घकालीन सहकार्यको आधार तयार पार्नु पनि सम्मेलनको प्रमुख उद्देश्य रहेको छ।

सम्मेलनबाट प्राप्त सुझाव तथा निष्कर्षले प्रदेश विश्वविद्यालयहरूको विकास र शैक्षिक क्षेत्रको सुधारका लागि आगामी नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Previous Post

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरु)

Next Post

मृत्यु संस्कार गरिसकेका पदमबहादुर दशैंको पूर्णिमामा जीवितै घर फर्किए, अर्काको शव जलाएको खुलासा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav