काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्ने भएका छन्। अधिवेशन कात्तिक २१ गते राष्ट्रिय सभागृहमा आयोजना हुने तय भएको छ।
कांग्रेसभित्र गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि देउवा पक्षले छुट्टै संगठनात्मक गतिविधि अघि बढाएको हो। सोही क्रममा देउवा पक्षले जिल्ला अधिवेशनहरू आयोजना गर्दै आफ्नो समूहको महाधिवेशनको तयारी गरिरहेको छ।
देउवा पक्षको अधिकांश जिल्ला अधिवेशन कात्तिक १५ गते गर्ने तयारी छ। यस समूहले आगामी मंसिर २१ गतेदेखि महाधिवेशन आयोजना गर्ने जनाएको छ।
काठमाडौं जिल्ला अधिवेशनलाई देउवा पक्षले आफ्नो संगठन विस्तार र आगामी महाधिवेशनको तयारीका रूपमा अघि बढाएको छ।
