काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।
बैठक जारी रहेको जानकारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले दिएका हुन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आजै पार्टी कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहण र प्रमाणपत्र वितरण सम्पन्न भएपछि कार्यसमितिको पहिलो बैठक सुरु भएको हो।
नयाँ नेतृत्व चयनपछि बसेको बैठकलाई पार्टीको आगामी कार्यदिशा र संगठनात्मक गतिविधिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
